रामकृष्ण कंडेल, वामीटक्सार २०७६ पुस २५ । रास्ट्रिय युवा संघ नेपाल गुल्मीको एकता भेला यहि पुष २६गते बिहान ११ बजे आयोजना गरिएको छ । गुल्मीको तम्घास स्थित मदन आश्रीत स्मृति भवनमा भेला आयोजना गरिएको छ। तत्कालीन माओबादी केन्द्रको युवा संगठन वाई सि यल र एमालेको युवा संगठन युवा संघ नेपाल बिच एकिकरण भई रास्ट्रिय युवा संघ नेपालको नामाकरण गरिएको हो।
गुल्मीमा रास्ट्रिय युवा संघ नेपालको जिल्ला कमिटि घोषणाको साथै क्षेत्र, नगरपालिका, गॉऊपालिका हुदै वार्ड कमिटि सम्म एकिकरणको कार्यलाई टुंगाऊन थालिएको संगठनले जनाएको छ। संगठनको गुल्मी जिल्ला संयोजकमा मोहनप्रसाद पान्डे र सह संयोजकमा नारायण चन्द बोहोरा रहेका छन्।