संविधान संशोधन भन्दा कार्यन्वयन गर्न स्थानिय तहको चुनाव जरुरी- कोईराला

कविता घर्तीमगर, पोखरा २०७३ पुस २४ । नेपाली कांग्रेस जिल्ला समिती कास्कीव्दारा पार्टीको छुट्टै वेव साईट सन्चालनमा ल्याएको छ ।

नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले www.kaskikangres.com.org वेव साईटको शुभारम्भ गर्दै जनताले नेपाली कांग्रेसको बारेमा बुझनको लागी जनताले किताव किन्न नपर्ने गरि सक्रिय रुपमा अगाडी बढ्न कार्यकर्तालाई सुझाव दिए । उनले, संविधान संशोधनमा भन्दा कार्यन्वयन गर्न स्थानिय तहको चुनाव गर्न आबश्यक भएकोले सबै पार्टी एक ढिक्का भएर अगाडी बढ्न आबश्यक रहेको बताए ।

पार्टी कार्यकर्ता तथा सुभचिन्तकलाई नेपाली कंग्रेसको पार्टी स्थापनाकाल देखिको इतिहास, बर्तमान परिवेश , भावी कार्ययोजनाको बारेमा छिटो सजिलो तथा भरपर्दाे जानकारीको लागी उक्त वेव साईट शुभारम्भ गरिएको नेपाली कांग्रेस कास्कीले जनाएको छ ।

पार्टी प्रति कुनै जिज्ञासा, प्रश्न, विचार र जानकारीका लागी विभिन्न ८ वटा क्याटागोरीमा उक्त वेव साईट हेर्ने सकिने नेपाली कांग्रेस कास्की जिल्ला सदस्य तथा वेव साईट संयोजक नविन सिग्देलले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published. Required fields are marked *