कृष्ण कँडेल, बुर्तिवाङ २०७४ बैशाख २ । नेकपा माओवादी केन्द्र बागलुङ ढोरपाटन नगरपालिकाको पहिलो नगर सम्मेलनले चन्द्र आर्यालको अध्यक्षतामा ५७ सदस्यीय नगर समिति गठन गरेको छ । शुक्रबार बुर्तिबाङको तुल्सीनगरमा भएको पहिलो नगर सम्मेलनले ५७ सदस्यीय पूर्ण, २७ बैकल्पिक र १५ सदस्यीय सल्लाहाकार समिति चयन गरेको छ ।
नगर कमिटिको उपाध्यक्षमा शेरमान घर्ती, सचिवमा भिम गौतम, सहसचिव बलबहादुर सिरपाली र कोषाध्यक्ष त्रिदेवी छन्त्याल रहेका छन् ।
नवनिर्वाचित नगर समितिको बैठक आज बिहान बसेर सम समसायिक विषयमा निर्णय गरिने अध्यक्ष चन्द्र आर्यालले जानकारी दिए ।
पहिलो नगर सम्मेलनको उद्घाटन शुक्रवार माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा प्रदेश नम्बर–४ का संयोजक हरि अधिकारी कुमारले गरेका थिए ।
नेकपा माओवादी केन्द्रले नगर सम्पर्क कार्यालय पनि हिजै उद्घाटन गरिएको थियो । बुर्तिबाङ बजारको सिनेमा रोडमा पार्टीका केन्द्रिय सचिवालय सदस्य हरि अधिकारीले रिबन काटेर कार्यालयको शुभारम्भ भएको घोषणा गरेका थिए । सम्मेलन उद्घाटन अघि बाजागाजा र नाराजुलुस सहितको ¥यालीले बुर्तिबाङ बजारको परिक्रमा गरेको थियो ।