Sorry, that menu does not exist.
 

त्रिभुवन नमुना माविको वार्षिकोत्सव जारी, खड्ग देवी माविको वार्षिकोत्सवको समापन आज !

कमल पौडेल, बडीगाड, २०७६ पुस ९ । त्रिभुवन नमुना माध्यमिक विद्यालय बडीगाड गाउँपालका २, खर्वाङको ६० औं वार्षिकोत्सव तथा अभिभावक दिवसका कार्यक्रम जारी छ । ४ दिन सम्म चल्ने कार्यक्रमको दोश्रो दिन मंगलबार विविध प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका छन्। जस अन्तरगत माध्यमिक तहको अंग्रेजी तथा नेपाली माध्यमका हाजिरी जवाफ, त्रिभुवन आर्इडलको प्रथम चरणका कार्यक्रम, कक्षा ११, १२ को बादबिवाद प्रतियोगीता, भलिवल प्रतियोगिता, हाइजम्प, लंगजम्प लगाएतका प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएका छन्। आज तेश्रो दिन कबड्डी प्रतियोगिता, रेकर्ड नृत्य लगाएतका कार्यक्रम रहेको विद्यालयले जनाएको छ ।

मंगलबारको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु भुसालको अध्यक्षता, शिक्षकहरु कमल पौडेल, हेमन्त घिमिरे, केहरसिंह राना, दधिराम बनको संचालनमा सम्पन्न भएको थियो।

विविध प्रतियोगितात्मक कार्यक्रम सहित सुरु भएको वार्षिकोत्सवको ९ गते अर्थात आज विहान ९े३० वाट भलिवल प्रतियोगिता सुरु हुने, विविध साँस्कृतिक कार्यक्रम सहित कपर्दि, त्रिभुवन आईडल लगाएतका कार्यक्रम हुने आयोजकले जनाएको छ।

कार्यक्रम १० गते प्रदेश सांसद चन्द्र बहादुर वुढा सागर, गाउँपालिका अध्यक्ष मेहरसिंह पार्इजा लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

उता खड्कदेवी माविको ५९ औं वार्षिकोत्सवको आज समापन हुँदैछ । खड्कदेवी माविको ५९ औं वार्षिकोत्सवको दोश्रो दिन मंगलबारको कार्यक्रम सम्पन्न भएको छ। जस अन्तरगत वक्तृत्वकला प्रतियोगीतामा प्रथम गंगा सदन, व्दितिय धर्म सदन र तृतिय दशरथ सदन, कविता प्रतियोगितामा गंगा सदन प्रथम, दशरथ व्दितिय तथा शुक्र सदन तृतिय, कबड्डी प्रतियोगितामा दशरथ सदन प्रथम, गंगा सदन व्दितिय र धर्म सदन तृतिय भएका छन्।

अन्तर प्रावि रेकर्ड नृत्य प्रतियोगितामा सिद्धपुर प्रावि नौटुवा प्रथम, खड्क देवी मावि तुन्डाडा व्दितिय, कञ्चनपुर प्रावि तारञ्जा तृतिय, दगा प्रावि र मार्इस्थान प्रावि सान्त्वना भएका छन्।

अन्तर सदनात्मक हाइजम्प प्रतियोगीतामा छात्र तर्फ धर्म सदन प्रथम, दशरथ सदन व्दितिय र गंगा सदन तृतिय, छात्रा तर्फ शुक्र सदन प्रथम, धर्म सदन व्दितिय र दशरथ सदन तृतिय, निवन्ध लेखन प्रतियोगीतामा गंगा सदन प्रथम, शुक्र सदन व्दितिय र दशरथ सदन तृतिय भएका छन्। भलिवल प्रतियोगितामा छात्र तर्फ गंगा सदन प्रथम, धर्म सदन दोश्रो र दशरथ सदन तृतिय, छात्रा तर्फ दशरथ सदन प्रथम, गंगा सदन व्दितिय र धर्म सदन तृतिय भएको शिक्षक कमल खरेलले जानकारी दिए । कार्यक्रमको संचालन शिक्षक हरि चालिसे र मिना पोखरेलले गरेका थिए ।

कार्यक्रमको अन्तिम दिन आज बुधवार पीटी प्रदर्शन, वादविवाद प्रतियोगिता, रेकर्ड नृत्य सहितका कार्यक्रम रहेको आयोजकले जनाएको छ। कार्यक्रममा प्रदेश साँसद चन्द्र बहादुर वुढा सागर तथा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसाल लगाएतको सहभागिता हुने विद्यालयले जनाएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !