Sorry, that menu does not exist.
 

मुक्तक : नभरिदै मायाको झोला बग्यो … !

अमृत पिउदैछु वा जहर पिउदैछु।
भौतारिदै म सिंगो सहर पिउदैछु।।
कहिल्यै नमेटिने प्यास यो कस्तो,
प्रतिक्षामा काला प्रहर पिउदैछु।।
*
नदी बग्यो वा खोला बग्यो।
आसैआसमा चोला बग्यो।।
अब त टुट्न थाल्यो मनपनी,
नभरिदै मायाको झोला बग्यो।।
*
आजकल मन उदास लाग्छ।
जताहेर्यो उतै उजाड लाग्छ।।
यो जिन्दगी खै कस्तो कस्तो,
*
बिश्वास गर्ने कस्लाई यहाँ।
नि:स्वार्थ भन्ने कस्लाई यहाँ।।
सबै स्वार्थमा लिप्त देख्छु,
परोपकार भन्ने कस्लाई यहा।।
***
राम प्रसाद शर्मा
२०७६ पुस ८ ।
बागलुङ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !