छबिलाल पाण्डे बुर्तिवाङ २०७४ बैसाख १ । नेकपा माओबादी केन्द्रको ढोरपाटन नगरपालिकाको प्रथम एकता सम्मेलन शुक्रबार सम्पन्न भएको छ । गाँउ नगर घर घर जाऔँ माओबादी केन्द्रलाई बिजयी गराऔँ भन्ने मुल नाराका साथ आसन्न स्थानीय तह चुनाबलाई लक्षित गर्दे कार्यक्रमको आयोजना गरिएको माओबादी केन्द्रले बताएको छ ।
माओबादी केन्द्र ढोरपाटन नगरपालीका सम्मेलन आयोजक समितीको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी एवम माओबादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य एवम चार नम्बर प्रदेश सँयोजक हरी अधिकारी (कुमार) ले बोल्दै नेपालको परिवतर्न माओबादी केन्द्रकै सक्रियतामा भईरहेको बताउँदै नेपालको परिवर्तन र क्रान्तिको सुनिश्चित गर्ने पार्टी माओबादी केन्द्र बाहेक अरु हुन नसक्ने बताएका थिए ।
प्रतिगामि, यथास्थिती शतिmको चलखेल बढिरहेको भएपनी सत्यको जित गर्दे जनताको अधिकारलाई स्थापित गराउन सँबिधानको सभाको निर्वाचन देखि स्थानीय तहको निर्वाचन सँगै सँबिधान कार्यान्यनको दिशामा आफनो पार्टिको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो । आफुहरु परिवर्तनको सम्बाहक भएको र दोश्रो सँबिधान सभाको चुनाबमा पार्टि धेरै माथि पुग्न खोज्दा र एकाएक फुटको कारण केहि गल्ति भएपनी अब त्यस्तो
गल्ति नभई स्थानीय तहको चुनाब आफनो पार्टीको जित सुनिश्चित सँगै समृद्धिको दिशामा देश जाने बताए ।
फरक प्रसङ्गमा बोल्दै उनले स्थानीय तहको चुनाबमा बाम एकताको हल्ला चलेपनी सच्चा बाम हुनुपर्ने र एजेण्डा मिल्नु मुख्य पक्ष भएको बताए । हल्लाको र जिद्दिको भरमा चुनाबमा एकता सम्भब नहुने प्रस्ट पारेका थिए ।
त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथी रहेका माओबादी केन्द्रका पोलीटब्युरो सदस्य एवम जिल्ला सहइन्चार्ज फोमलाल निउरेले बोल्दै दोश्रो सँबिधान सभाको चुनाबमा माओबादि केन्द्र तेश्रो दल भएपनी अहिलेको स्थानीय चुनाबबाट पहिलो पार्टी भएरै देखाउने बताए ।
केन्द्रिय सदस्य एवम बागलुङ पश्चिम कमाण्ड सँयोजक ज्ञामनाथ गैरे (अनिल)ले बोल्दै आमुल परीवर्तन र सँबिधान कार्यान्वयनका निम्ती स्थानीय तहको चुनाब अपरीहार्य रहेको बताउँदै जनताको अधिकार सुनिश्चित गर्ने पार्टी माओबादी केन्द्र रहेको बताए ।
त्यस्तै कार्यक्रममा अतिथी नेपाली काँग्रेस क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरले शुभकामना मन्तब्य दिँदै नेपाली काँग्रेस लोकतन्त्रमा बिश्वास गर्ने पार्टी भएको र राणा शासन देखि बिभिन्न जनआन्दोलन पार गर्दे देशको समृद्धिमा मुहार फेर्ने पार्टी नेपाली काँग्रेस भएको बताए । उनले जनताले भाषणको भरमा नभई कार्य प्रगतीको भरमा आस्था र भरोसा गर्ने बताए ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य केशर छन्त्यालले बोल्दै स्थानीय तहको चुनाबमा बाम एकताको आबश्यकता औँल्याउँदै हरेक
क्षेत्रमा बामपन्ीथ बिजयी सुनिश्चित गराउनु अहिलेको आबस्यकता रहेको औँल्याएका थिए ।
राष्ट्रिय जनमोर्चाको तर्फदेखि सिवलाल चालीसे, केन्द्रिय महाधिबेशन अनुशासन समिती सदस्य तुल्सिराम अर्याल, वडीगाड गाँउपालीका ईन्चार्ज राजिव घिमिरे, निसीखोला गाँउपालिका ईन्चार्ज प्रेम घर्ती, अखिल नेपाल शिक्षक सँघका जिल्ला सचिब जित बहादुर थापा, अखिल नेपाल महिला सँघ क्रान्तीकारी जिल्ला सदस्य कमला अर्याल, केन्द्रिय मगर राष्ट्रिय मुतिmमोर्चा सल्लाहकार शेरमान घर्तिको शुभकामना मन्तब्य रहेको थियो । कार्यक्रममा बिभिन्न पार्टी परीत्याग गर्दे नेता कार्यक्रता माओबादी केन्द्रमा प्रबेश गरेका थिए ।
खुल्ला सत्रको कार्यक्रम केन्द्रिय सदस्य एवम ढोरपाटन नगरपालीका ईन्चार्ज राजेन्द्र कुवँरको अध्यक्षता भिम गौतमको स्वागत ढोरपाटन नगरपालीका सहईन्चार्ज चन्द्र अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।