Sorry, that menu does not exist.
 

हरिलक्ष्मी/नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार पत्रकार बराल र निशानीलाई प्रदान !

बागलुङ, २०७४ बैशाख १ । यस बर्षको हरिलक्ष्मी नारायणप्रसाद स्मृति पत्रकारिता पुरस्कार बागलुङका दुई पत्रकारलाई प्रदान गरिएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ शाखा मार्फत हरेक बर्ष एक पत्रकार र एक स्तम्भकारलाई पुरस्कृत गर्ने गरि बागलुङ नगरपालिका २ निवासी तिर्थप्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्यामप्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठले आफ्ना दिवंगत माता पिताको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार समाचार लेखन तर्फ प्रकाश बराल र स्तम्भकार तर्फ दिल निशानीलाई प्रदान गरिएको हो ।

महासंघद्धारा शुक्रवार आयोजित बिशेष कार्यक्रमका बिच बागलुङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले पत्रकार बराल र लेखक निशानीलाई नगद १५÷१५ हजार रुपैयाँ र सम्मान पत्र सहित दोसल्ला ओढाएर पुरस्कृत गरेका हुन् ।

२०५७ सालदेखी व्यवसायिक पत्रकारितामा लागेका बराल कान्तिपुर दैनिकमा कार्यरत छन् भने लेखक निशानी फ्रिलान्सरको रुपमा छापा र अनलाइनमा समसामयिक लेखनमा सक्रिय छन् । खोज पत्रकारीतामा लाग्न थप प्रेरित गर्ने र स्थानीय लेखक उत्पादन गर्ने उद्देश्यले पुरस्कृत गरिएको महासंघले जनाएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेयले पत्रकारहरुले समाजमा रहेका बिषय बस्तुको उजागर गरी जनतालाई चेतना प्रदान गर्ने कार्य गर्ने भएकाले सकरात्मक बिषयको बढि चर्चा गर्नुपर्ने बताउदै भ्रष्टाचार न्युनिकरण एवं सभ्य समाज निर्माणका लागि पत्रकारहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे ।

कार्यक्रममा कोषका संस्थापक श्यामप्रसाद श्रेष्ठ, सम्मानित व्यक्ति द्धय प्रकाश बराल, दिल निशानी मगर, धौलागिरि बहुमुखी क्याम्पस बागलुङका डा. दिनबहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रम महासंघका अध्यक्ष दिल श्रीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत मन्तव्य र सचिव राम थापा ‘अबिरल’को सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply