कुम्बिर बिश्वकर्मा , बागलुङ २०७३ बैशाख १ । निसी दलित युवा क्लब निसी खोला ५ निसीको आज छिमेकी मुलुक भारतको होसियारपुर जिल्लाको दशुवामा नया बर्ष बिस २०७४ सालको शुभकामाना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा अखिल भारत एकता मन्चका केन्द्रिय सचिव मन बहादुर पौडेलको प्रमुख आवतथ्यता र क्लबका अध्यक्ष भरत सिङ सुनारको अध्यक्षतामा कार्यक्रम भएको थियो।
कार्यक्रममा जनसेवा युवा क्लबका सचिव शेरमान बिश्वकर्मा, समाजसेबी तुलासिङ बिश्वकर्मा, बिरबल बिश्वकर्मा, निमबहादुर बिश्वकर्मा, जितेन्द्र बिश्वकर्मा, कुमबहादुर बिश्वकर्मा, भानसिह बिश्वकर्मा लगायतको सहभागित तथा सुभकामना मन्तव्य रहेको थियो।
कार्यक्रममा क्लबला सदस्य निम बहादुर बि कोको स्वागत मन्तव्य र क्लबका इकाई समितिका सहसचिब लाल बहादुर बि क को सन्चालन रहेको थियो।
सोही अबसरमा भारत प्राबासी समूह पनि गठन गरिएको छ। समितिमा थक बहादुर बि क को अध्यक्षतामा १८सदस्यीय समिती गठन गरिएको छ। उपाध्यक्षमा जितेन्द्र सुनार, सचीवमा हरिबहादुर बिक, सहसचिवमा लाल बहादुर बि क, कोषाध्यक्षमा कुम बहादुर बि क र अन्य महिला पुरुष गरेर १८ सदस्यीय समिती गठन गरिएको छ।
उकत समितीले भारतमा श्रम गरि रहेकाको हक अधिकारलाई संबंधित निकाय सम्म पुर्याउने र आर्थिक बचत गरि दलित को आपतकालीन समस्यालाई हल गर्ने उद्देशकासाथ समिती गठन गरेको हो। साथै क्लबले विभिन्न स्थानमा गएका निसिका दलितहरुलाइ एकीकृत गरि इकाई समिति गठन गर्ने र क्लबलाइ थप अगाडी बढाउने छलफल गरेको त्यहाबाट क्लबका सदस्य कुमार बिक र तुलासुह बिकले जानकारी दिएका छन।