साताको तस्वीर : आकर्षक गन्तव्य पन्चकोट !

शव्द/चित्र : कृष्ण सापकोटा

बागलुङ २०७६ पुस १ । बागलुङ नगरपालिका(६ मा २०७१ सालबाट निर्माण प्रारम्भ गरिएको सर्वसिद्धिधाम पन्चकोट सबैका लागी आकर्षक गन्तव्य बनेको छ । सुरुको निर्माणाधीन अवस्था देखी नै पन्चकोटमा धार्मिक श्रद्धालुहरुमात्र नभएर आन्तरिक एवं बाह्य पर्यटकहरु दृश्यावलोकनका लागी आउने सिलसिला सुरु भएको हो । स्वामी कमलनयनाचार्यको परिकल्पनाले साकार रुप लिई नसक्दै दिनहुँ पन्चकोट धाम अवलोकन गर्नेहरुको लस्कर बढ्दै जानुले यसले पूर्णता पाएपछी पन्चकोट प्रतिको आकर्षण ह्वात्तै बढ्ने कुरामा शंका छैन ।

पन्चकोटमा धार्मिक संरचनाहरु निर्माण भैरहेका छन् । यस धार्मिक स्थलको मुख्य आकर्षण १ सय ८ फिट अग्लो कलश र विशाल घण्टाको निर्माण अब छिट्टै गरिने संकेतले श्रद्धालुहरुमा हर्षानुभूति छाएको छ ।

पन्चकोट धाममा निर्माण गरिएका धार्मिक संरचनाहरुले श्रद्धालुहरुको मनलाई आकर्षित त गरेको नै छ त्यस बाहेक पन्चकोटबाट दृश्यावलोकन गर्न सकिने हिमश्रृंखलाहरु र त्यस आसपासका रमणीय प्राकृतिक सौन्दर्यले आन्तरिक मात्र नभएर बाह्य पर्यटकहरुलाई लालायित बनाएको छ । पन्चकोट परिसर र आसपासमा श्रद्धालु एवं पर्यटकहरुका लागी होटेल विश्राम स्थलको व्यवस्था गरिएकोले आगन्तुकहरुलाई सुविधा मिलेको छ ।

आउदो फागुन महिनामा पन्चकोट धाममा धनधान्यान्चल महायज्ञको छैठौ श्रृंखला सुरु हुनेछ । तत्पाश्चात निर्माण गर्न शेष रहेका धार्मिक संरचनाहरुको शुभारम्भ गरिने विश्वास गरिएको छ ।

यी लिंकहरु पनि पढौँ:
आजको तस्वीर : पन्चकोटमा महायज्ञको पाँचौ श्रृंखला सम्पन्न !

साताको तस्वीर : महाशिवरात्रिमा पन्चकोट !

जन्मस्थललाई तीर्थस्थलमा परिणत गर्दै स्वामी कमलनयनाचार्य !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !