गुल्मीको ईस्मा गाउँपालिका : गोकर्ण विष्टको गाउँ, बन्दै सुगम ठाउँ !

प्रेम सुनार, गुल्मी २०७६ मंसिर ३० । गुल्मीको सदरमुकाम तम्घासबाट पश्चिम क्षेत्र नम्वर २ को ईस्मा गाउँपालिका तत्कालीन बाईसे चौबिसे ईस्मा राज्यका रुपमा चर्चित थियो । विगतमा विकट मानिएको त्यस भेग अहिले ईस्मा गाउँपालिका बनेको छ र स्थानिय तहको निर्वाचन पछि विकास क्रमले नयाँ ईतिहास कोर्न थालेको स्पष्ट देख्न पाईन्छ ।

सदरमुकाम तम्घासबाट हाम्रो यात्रा मालिका गाउँपालिका सम्म भयो । स्थानिय तहको निर्वाचनमा हामी गाडीमा ठाउँ ठाउँमा ओर्लिदै र हिड्दै ईस्माको दोहली सम्म कष्टकर यात्रा गर्दै पौने दुई घण्टामा पुगेका थियौं । त्यहाँबाट मालिका पुग्नु त अर्को जोखिम मोल्नु थियो ।

सदरमुकाम तम्घासबाट दुई घण्टा भन्दा बढि समय लगाएर २३ किलो मिटरको यात्रा गर्नु पर्ने त्यही ईस्मामा अहिले भने हामी ४५ मिनेट मै सजिलै यात्रा गर्न सक्यौं । त्यसै चुनावताका सदरमुकाम तम्घासबाट ४२ किलो मिटर दुरीमा रहेको मालिका गाउँपालिको केन्द्र अर्खबाङ्घमा जिपमा झण्डै चार घण्टाको यात्रा गरिने त्यहाँ यसपाली दुई घण्टा मै पुगियो ।

स्थानिय तहकै निर्वाचन ताका नै हामी सदरमुकामबाट पश्चिम सिमलटारीको यात्रा गर्र्दा जिप ठाउँ ठाउँको खाडलमा फँस्दै ओर्लिदै र घुचाड्दै हिलोम्मे हुँदै बडो मुस्कीलले ३ घण्टा भन्दा बढि समयमा सिमलटारी बजारमा पुगेका थियौं । अहिले कालोपत्रे भए पश्चात एक घण्टा अघि मैं सिमलटारी पुगियो ।

तम्घास सिमलटारी प्युठान सडक कालोपत्रे नहुने बेला सम्म तम्घासबाट अर्खबाङ्घको जिप भाडा ३ सय ५० रुपैयाँ थियो भने अहिले १ सय ९५ रुपैयाँ भएको छ । त्यस ताका तम्घासबाट सिमलटारीको भाडा २ सय २० रुपैयाँ थियो । अहिले ९० रुपैयाँ भाडा दर कायम भएको छ ।

तम्घास देखि ईस्मा गाउँपालिकाको केन्द्र रहेको दोबाटा सम्म र माथी ईस्मा रजस्थल सम्म यस अघि भाडा २ सय २० रुपैयाँ तिनु पर्ने बाध्यता थियो ९० तर अहिले बढिमा सय रुपैयाँ लाग्छ । उता तम्घास सिमलटारी २७ किलो मिटर सडक कालो पत्रे भएपछि रुपैया भाड घटेको छ ।

यो दुई सडक सञ्चाल मालिका गाउँपालिका , ईस्मा गाउँपालिका , धुर्कोट र मदाने गाउँपालिका र उता छिमेकी जिल्ला प्युठान सम्मका जनताले उपभोग गर्ने गर्दछन ।
पहिला तम्घास सिमलटारी प्युठान सडक र अहिले मदन भण्डारी लोकमार्ग नामकरण गरिएको सडक अहिले कालोपत्रे हुन साथ त्यस भेगका जनताको छिटो यात्रा र कम भाडा मात्रैको सुविधा प्राप्त भएको छैन , बजारिकरण र आत्मानिर्भता समेत हुन थालेका छन ।

ठाउँ ठाउँमा पक्की भवन निर्माण , कतै बाँसद्धारा निर्मित कटेज , होटल र रेस्टुरेन्ट , अन्य किराना पसल सुरु गर्न थालिएको छ । त्यस सडकको मुख्य केन्द्र सिमलटारी बजार बन्दै छ । जहाँ विद्युतको शव स्टेशन बन्दै छ ।

यता ईस्मा गाउँपालिका वडा नम्वर ६ को राङदालमा अन्तराष्ट्रिय स्तरको शहिद लखनसिंह रंगशाला निर्माण हुँदैछ । रंगशाला निर्माण कार्य सुरु गरे लगत्तै त्यहाँ धमाधम घर निर्माण हुँदैछन । स्तरिय होटल सञ्चालनको काम पनि स्थानियवासीले गर्न थालेका छन । त्यही सडक किनार नै भोलीको दिनमा धुर्कोट , मदाने , मालिका र ईस्मा गाउँपालिकाको ब्यापारिक केन्द्र हुने निश्चित छ ।

ईस्मा गाउँपालिका वडा नम्वर ४ , दोहली गाउँका वासीन्दा तथा गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधी सभा सदस्य एवं पुर्व मन्त्री गोकर्णराज बिष्टले आगमी ५ बर्ष भित्र जनता सामु आफुले गरेको प्रतिबद्धता पुरा गर्ने उद्घोष गर्दैै आएका छन ।

उनले प्रत्येक वडामा स्वास्थ्य चौकीको पहुँच पुराउने अभियान अनुसार चार वटा स्वास्थ्य केन्द्रका नवनिर्मित भवनको उद्घाटन गरि सकेका छन । मालिका गाउँपालिका वडा नम्वर ६ को अर्जैं स्वास्थ्य केन्द्रको भवन उद्घाटन गर्नुका साथै त्यस वडालाई जिल्ला कै पहिलो जेरो होम डेलिभरी अथार्त घरमा शुन्य प्रशुती अस्पताल मै घोषणा गरे । त्यस्तै सो वडालाई खरको छानामुक्त वडा पनि घोषणा गरे ।

लगत्तै मालिका वडा नम्वर ५ को छापाहिलो स्वास्थ्य चौकी भवनको पनि उद्घाटन गरे । वडा नम्वर ४ अर्खबाङ्ख स्वास्थ्य चौकीलाई पनि जेरो होम डेलिभरी स्वास्थ्य चौकी घोषणा गरे । उता धुर्कोट गाउँपालिका वडा नम्वर ५ को वस्तु स्वास्थ्य चौकीको नवनिर्मित भवनको पनि उद्घाटन गरे ।
स्वास्थ्य शिक्षा संगै पुर्व मन्त्री बिष्टले यी पालिकाहरुका असुरक्षित , विकट बस्तीहरुलाई सार्ने हो भने सुरक्षित र सुगम वस्ती विकासका लागि सडक छेउँलाई रोज्न जरुरी देखिन्छ । त्यही सडक नै यी गाउँपालिकाहरुको विकासको मेरुदण्ड बन्न सक्छन र मन्त्री बिष्टको गाउँ मात्र होईन छोटो समय मै उनको निर्वाचन क्षेत्र सुगम हुने देखिन्छ ।

पहिले पुग्न गाह्रो अहिले गाउँ चिन्न गाह्रो

साविक ईस्माारजस्थल गाविसको छिमेकी र साविक दोहली गाविसको सबै भन्दा विकट मानिने कोटकटेरी , कालमुढा , हुला , चैयाँ ,ढाँडा , गडौली सम्म स्थानिय तहको निर्वाचन ताका हामी दोहलीबाटै दुई तीन घण्टा हिडेर पुगेका थियौं ।

ती गाउँ मध्ये कतिपय स्थानमा अलिकती ट्रयाक खोल्ने काम सुरु भए पनि जिप जान सक्दैनथ्यो । अहिले ईस्मारजस्थलको ढोकामुख देखि कोटकोटरी सम्म हामी सजिलै गाडीमा पुग्न सक्यौं । ईस्मा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतका अनुसार ढोकामुख देखि कोटकटरी सम्मको सात किलो मिटर सडकको स्तरोन्नती भई बाह्रै महिना यातायात सेवा सुचारु भएको छ ।

हामी सदरमुकाम देखि ईस्मा गाउँपालिकाको वडा नम्वर २ र वडा नम्वर १ हस्तीचौरको हर्पुकोट हुँदै मल्दी ढाँडाफाँट सम्म यसपाली गाडी मै पुग्यौ । तर हर्पुकोट सम्म जति सहज सडक बनेको छ त्यहाँ देखि मल्दी ढाँडाफाँट सम्म कष्टकर यात्रा गर्नु प-यो ।

त्यस सडक बारे प्रमुख प्रशासकिय अधिकृत बस्नेतको ध्यानकृष्ट गराउँदा त्यहाँ गाउँपालिकाको गम्भीर ध्यानकृष्ट भई सकेको र त्यसको स्तरनोन्नतीका लागि यस आर्थिक बर्षमा १० लाख छुट्याई सकिएको जानकारी दिए ।

कोटकटेरी पछि हामी मालिका गाउँपालिकाको वडा नम्वर ५ छापाहिले तर्फ लाग्यौं । वारीलाई छापा र पारीलाई हिले भनिने गाउँहरु मध्येका विभिन्न टोल साविक छापाहिलो गाविसको विकट कार्णलाी टोल मानिन्थ्यो ।

जहाँ भिरपाखो र सिमस्यार भएका कारण पैदल यात्रा समेत जोखिम पुर्ण थियो । अहिले सजिलै जिपमा त्यहाँको टोल टोमा पुगियो । ति दलित बस्तीका टिठ लाग्दा खरका झुपटी एउटा पनि देखिएन । निलो रंगको जस्ता पाताले छानाले ईस्माका हरेक टोली यति बेला चिन्नै नसक्ने भएका छन ।

ईस्मा गाउँपालिकाले कृषि पहिलो प्रथामिकतामा राख्दै ईस्माको कोदोलाई देश विदेश सम्म बजारिकरण गरेर त्यसैको माध्यमबाट ईस्मालाई चिनाउन र कृषकलाई समृद्धि बनाउन बिशेष योजना अगाडी सारिएको छ । ईस्मामा उत्पादन गर्ने कृषकहरुको कोदोलाई उचित मुल्य सहित पालिकाले भण्डारण र प्रशोधन गर्ने , कोदाको पिठोलाई ईस्माको लोगो राखेरै विभिन्न साईजमा प्याकिङ गर्ने र बजार ब्यवस्था पनि गाउँपालिकाले नै गर्ने योजना बनाएको छ ।
अहिले सम्म कोदो लाठीले ठटाएर प्रशोधान गरिन्छ । त्यो अत्यन्तै झण्झटीलो र दुख्या खेती भएको हुँदा अब मेशिनबाट कटान र प्रशोधन गर्नका लागि ५० प्रतिशत अनुदानमा यान्त्रिकीकरण मिनिटीलरक कन्सेलर कोदो थेसर च्यापकटर त्रिपल फ्याट हविल फाली स्पेयर वितरण गरिने योजना रहेको छ ।
त्यस्तै साना सिंचाई , भकारो सुधार , प्लाष्टिक पोखरी निर्माण विभिन्न तालिम तथा गोष्ठी , कृषक पाठशाला कागती प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको छ । साथै तरकारीको विउँ , आलुको विउँ , अदुवाको विउ ,धानको विउँ , जिङक विषादी र आँप लिची विरुवाहरु ५० प्रतिशत अनुदानमा वितरण गरिएको छ ।

पशु विकास कार्यक्रम अन्तरगत पशु पन्छिलाई निशुल्क रुपमा औषधी वितरण, पशु पन्छिहरुको लागि खोर तथा गोठ सुधार कार्यक्रम ५९ जना , प्रतिफलमा आधारित उत्पादन कार्याक्रम ६१ जना , नस्ल सुधारका लागि कृतिम गर्भाधान कार्यक्रम ४६ वटा , ( गाई, भैसी, बाख्रा ) पशुपालन सम्वन्धि तालिम ४ सय ४५ जना लाभन्वित भएका छन ।
पशु पन्छि तथा वाली बिमा कार्यक्रम ( गाई , भैसी, बाख्रा ) ८ सय वटा , निशुल्क रुपमा उन्नत जातको घाँसको विउँ तथा वेर्ना वितरण , १२ वटा , पशु पन्छिको खोप कार्यक्रम २ सय वटा , रेविज खोप कार्यक्रम कुकुर विराला ११ सय वटा , दुग्ध ब्यवसाय प्रर्वधन दुई वटा समुद ब्याड बोका तथा राँगो वितरण कार्यक्रम २० वटा, गाउँपालिका सबै वडाहरुमा पशु प्राविधिक ब्यवस्थापन , गाउँपालिकाका सबै वडाहरुमा पशुल्याव तथा फर्निचर उपलब्ध गराईएको छ ।
शिक्षा
ईस्मा गाउँपालिकाले निशुल्क शिक्षा कार्यन्वयनको सुरुवात गरेको छ । परिक्षाा ब्यवस्था तथा सञ्चालन प्रकृयामा सुधार पनि ल्याएको छ । अभिभावकलाई आर्थिक भारमा कमी ल्याउनका लागि गाउँपालिका स्तरिय कक्षा १ देखि १२ सम्मको निशुल्क परिक्षा सञ्चालनको ब्यवस्था गरेको छ ।

छात्राहरुको विद्यालय उपस्थितीको बृद्धि एर्व प्रजनन स्वास्थ्य सुधार ल्याउनका लागि निमावि र मावि तहका छात्राहरुका लागि सुरक्षित महिनावारीका लागि सेनीटरी प्याड निशुल्क उपलब्ध गराईएको छ ,। बलबालिकाहरुलाई सहज एवं स्वास्थ्य सम्वन्धि शिक्षाको पहुँचका साथै बाल मैत्री बाल बिकास केन्द्र सञ्चालन गरिएको छ ।
पेशागत सक्षमतामा अभिबृद्धि बालमैत्री कक्षा सञ्चालन सिकाई उपलब्धी सुधारका लागि बालबिकास सहयोगी कार्यकर्ता , आधारभुत तहका शिक्षकहरुका लागि बिषयगत तालिम सञ्चालन गरिएको छ । ‘जहाँ विद्यार्थी त्यहाँ शिक्षक’ भन्ने नारालाई मुर्तरुप दिनका लागि दरवन्दी मिलानको कार्य सुरुवात गरिएको छ ।

विद्यालयहरुमा आईसिटी र विज्ञान सामग्री वितरण गरिदै आएको छ । सिकाई सुद्धूढीकरण कार्यक्रम अन्तगरगत शिक्षण सहयोग अनुदान , शिक्षामा क्षमता बृद्धि गर्नका लागि शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिदै आएको छ ।

ईस्मा गाउँपालिकाको वडा नम्वर वडा नम्वर २ र ४ मा सामुदायिक स्वास्थ्य ईकाई स्थापना गरिएको छ । स्वास्थ्य चौकीमा निशुल्क औषधी तथा आबश्यक फर्निचरका साथै अक्सीजन , सिलिन्डर सेट , ग्याँस हिटर , स्टेचर , न्युवलाईजर सेट लगायतका अति आबश्यक सामग्री वितरण गरिएको छ । महिलाहरुको पाठेघरको मुखको क्यान्सरको जाँच गरिदै आएको छ ।

अपाङ्घहरुलाई ह्विल्स चेयर लगायतका सहायता सामग्री बितरण गरिदै आईएको छ । आँखाको निशुल्क अप्रेसन , निशुल्क चस्मा र औषधी वितरण गरिदै आएको छ । अन्य निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आईएको छ । गर्भवतीहरुलाई निशुल्क एम्वुलेन्स सेवा , क्याल्सीयम , आईरन चक्की वितरण , गर्भवती उत्प्रेरणा , भत्ता वितरण गरिदै आएको छ ।
त्यस्तै सत्केरीहरुलाई कुखराको भाले र घिउँको ठेकी , कुखरा कोशेली सहित घर भेटघाट कार्यक्रमले निकै लोकप्रियाता पाएको छ । वडा नम्वर २ मा वर्थिङ्घ सेन्टर स्थापना , वडा नम्वर ५ र ६ मा स्वास्थ्य चौकीमा ल्याव सेवा संञ्चालन , महिला स्वास्थ्य स्वयम सेवीकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरिन्छ । सम्पुर्ण स्वास्थ्य चौकीमा कम्युटर तथा ईन्टरनेट जडान , विपन्न नागरिक औषधी उपचार राहत बितण गरिदै आएको छ ।

् झण्डै एक दर्जन खानेपानी योजना यसै आर्थिक बर्षमा सम्पन्न हुने र त्यसबाट २९ सय १ घरधुरीहरुमा मिटर सहितको खानेपानी सुविधा विस्तार हुने छ । हाल ३ सय ५३ घरधुरीहरुमा एक घर एक धारा पुगेको छ । पुर्ण सरसफाईका विभिन्न क्रियाक्लावहरु सञ्चालनहरु पनि भई रहेका छन । बातवरणिय सरसफाई अन्तरगत फोहर संकलनका लागि डस्वीन वितरण गरिएको छ ।
ईस्माका केहि नमुना कार्यहरु

ईस्मा गाउँपालिका स्थापना भए पछि केहि नमुना कार्यहरु गरिएको त्यहाँका जनप्रतिनिधीहरुको दावी छ । जस मध्ये जनता आवास कार्यक्रम अन्तरगत ५ सय ११ घरमा खरको छाना हटाई जस्ता पाता लगाई सकिएको र यस बर्ष खरका छानामुक्त गाउँपालिका घोषणा गर्ने तयारीमा रहेको छ ।

त्यस्तै काठको पोलहरु विस्थापन गरिएको तथा विजुलीको नाङ्गो तारलाई हटाई भरपर्दो विद्युतिय सेवा प्रदान गर्ने कार्य तिब्र रुपमा अगाडी बढाईएको छ । उज्यालो इस्मा कार्यक्रम अन्तरगत विद्युतको पहुँच नपुगेका घरहरुमा घरेलुृ शौर्य विद्युत प्राणाली प्रदान गरिएको छ ।

विद्युतको मिटर जडान गर्न नसक्ने परिवारका लागि विद्युत मिटर समेत जडान गरि यस आर्थिक बर्षमा उज्यालो ईस्मा घोषणा गर्ने तयारी भई रहेको छ । त्यस्तै गाउँपालिका स्तरिय चक्रपथको बृस्तृत प्रतिबेदन तयार गरि यसै आर्थिक बर्षमा ट्याक जोडने कार्य अगाडी बढाईएको छ ।

गाउँपालिका भित्रका सम्पुर्ण बस्तीहरुमा सडकको पहुँच पुगेको छ । बर्षभरी नै सडक सुचारु गर्नका लागि ५० जना लेन्थ वर्कर ( सडक हेरालुहरु ) राखिएको छ । खानेपानीको मुहान संरक्षणका लागि पुनरभरण पोखरीको निर्माण कार्यालयलाई अभियानका रुपमा अगाडी बढाईएको छ । निस्ती खानेपानी योजना सञ्चालनको प्रकृयामा रहेको छ ।
गाउँपालिका भित्र साना ठुृला गरि पाँच वटा सभाहलहरु निर्माण गरिएको छ । वोरिङ्क पद्धतीबाट सिचाईका लागि वडा नम्वर २ मा योजना सम्पन्न गरिएको छ । गाउँपालिका भित्रका वडाहरुको कार्यालयलाई मर्मत सम्भार गरि भरपर्दो सेवा प्रवाह गरिएको छ ।

महिला सशक्तिकरण उद्यमशिलता , क्षमता विकास तथा शिप विकास सम्वन्धि विभिन्न तालिम २ सय १७ जनालाई प्रदान गरिएको र १२ वटा सहकारी संस्थाहरु दर्ता भई सञ्चालनमा आएका छन । छ । स्वरोजगारी प्रदान गर्ने उद्देश्यका साथ ६० जनालाई हाउस वाईरि वोरिङ्क सम्वन्धि तालिम प्रदान गरिएको छ ।

गाउँपालिका क्षेत्र भित्र १६ किलो मिटरबाटो एसएनआरटिपीको सहयोगमा ग्रावेलि वोरिङ्क गरिएको छ भने संघिय सरकारको सहयोगमा मदन भण्डारी राजमार्ग अन्तरगत १० किलो मिटर तम्घास सिमलटारी सडक मध्ये कालोपत्रे गरिएको छ । प्रदेश सरकारको सहयोगमा २ सय जना क्षमताको बहुउद्देश्यीय सभाहल स्थापना गरिएको छ । सिटिईभिटी संगको साँझेदारीमा बहुप्राविधिक शिक्षालयका स्थापनाको कार्य अगाडी बढेको छ ।

संघिय सरकारको सहयोगमा वडा नम्वर ६ राङदाल चौरमा सहिद लखन थापा अन्तरािष्ट्रय रंगशाला निर्माण कार्य अगाडी बढेको छ । गाउँपालिका स्तरिय औद्योगिक ग्रामको स्थापनाका लागि आबश्यक कार्य अगाडी बढेको छ । माटोका भाँडा ( सेरामिक्स ) बनाउन वस्तु विकास केन्द्र सञ्चालनमा रहेको छ ।

प्रदेश सरकाकारको अनुदानमा जडिबुटी उद्यान स्थापना गरिएको छ । गाउँपालिका क्षेत्र भित्र रहेका सम्पुर्ण जेष्ठ नागरिक , अपाङ्कता भएका नागरिकलाई निशुल्क परिचय पत्र वितरण गर्नुका साथै ‘ग’ बर्गमा सुचिकृत अपाङ्गलाई निर्वाह मुखी भत्ताको समेत ब्यवस्था गरिएको छ । ईस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले विकासको गति र जनताको समृद्धिका लागि सबै जनप्रतिनिधी र कर्मचारी, सबै राजनैतिक दल र बुद्धिजिवीहरु एक भएर जुट्नु पर्नेमा जोड दिदै आएका छन । ‘विकासमा राजनीति होईन सहकार्य’ मुल मन्त्र बनाउन खोजिरहेका उनले विपक्षी राजनैतिक दल र आफ्नो दल भित्रको एक खेमाबाट खासै सहयोग पाएका छैनन कि भन्ने कुरा गाउँपालिकाको केन्द्र तोक्ने काममा अहिले सम्म अन्यौलता रहनुले देखाउँछ ।
अपराधिक घटनामा न्युनिकरण
गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक विमला खत्रीका अनुसार घरयासी झगडा, विकृति बिसंगति , महिला माथी हुने यौनहिंसा र अन्य अपराधिक घटनामा कमी आएको छ । जनप्रतिनिधीहरु निर्वाचित भएको एक बर्ष पनि न्युनिकरण गर्न गाह्रो भयो । प्रति महिना प्राय एउटा न एउटा महिला बलात्कृत र हत्या हिंसकाका घटना बढ्न थाले पछि गाउँपालिकाले समिक्षा ग¥यो । हेरक घटनाको जड मदिरा रहेको ठम्याँई गरियो ।

फलतः मदिरा विक्रि वितरणमा मापदण्ड बनाईयो । मापदण्ड विपरित बेच्ने र पिउने दुबैलाई जरिवान गर्न थाले पछि अपराधिक घटनामा ह्वात्तै कमी आएको छ । यसमा ईस्मा प्रहरी चौकी , जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको समेत सह्रानिय भुमिका रहेको ईस्मा गाउँपालिकाको ठम्याँई छ ।

तस्वीर ः कच्ची सडक छँदा चर्को भाडा अशुल्दै आएका यातायात ब्यवसायीहरुलाई सडक पिच भए लगत्तै सरकारले तोकेको भाडा दर भन्दा बढि उठाउन रोक्न तम्घास सिमलटारी सडकको ठाउँ ठाउँमा परिचालित जिल्ला प्रशासनका कर्मचारी र प्रहरीको टोली र ऐतिहासिक ईस्मा कोट

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !