शैक्षिक उपलब्धी हॉसिल गर्नु बिद्यालयको महत्वपूर्ण कार्य – नगरप्रमुख सापकोटा

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ मंसिर २९ । मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटाले शैक्षिक उपलब्धी हॉसिल गर्नु बिद्यालयको महत्वपूर्ण कार्य भएकोले यो उपलब्धी हॉसि
मुसिकोट नगरपालिका वडा नं ९ ,ददल्कामा स्थित ददल्का मा वि ले आयोजना गरेको ५८औं बार्षिकोत्सब तथा अभिभाबक दिवशमा प्रमुख अतिथीको रूपमा मन्तब्य राख्दै नगर प्रमुख सापकोटाले अरू जती सुकै कार्य गरेतापनि शैक्षिक उपलब्धीमा जोड दिन सकिएन भने बिधालय सहि ढंगबाट अगाडी बढेको मान्न नसकिने बताए । संबोधनको क्रममा प्रमुख अतिथी सापकोटाले बिधालयको लागि नगरपालिकाबाट आगामी बर्षहरूमा पनि सक्दो सहयोग गर्ने प्रतिबध्दता जनाए ।

नगरप्रमुख सापकोटाले यस बिधालयको सफलताको लागी आर्थिक, भौतिक, नैतिक सबै सहयोग उपलब्ध गराऊने बिश्वास समेत सबैमा दिलाउदा उपस्थित अभिभाबक,बिधार्थी,शिक्षकहरूमा उत्साह थपिएको थियो।

कार्यक्रमका अतिथी मुसिकोट नगरपालिका बिधान निर्माण समिति संयोजक तथा वार्डनं९का वार्ड अध्यक्ष नरेशराज खरेलले बार्षिकोत्सब कार्यक्रमको सफलताको कामना गर्दै बिधालयलाई हामी सबैको हो भन्ने भावना जगॉऊदै अगाडी बड्नु पर्ने बताए।संबोधनको क्रममा वडा अध्यक्ष खरेलले बिधालयको आर्थिक पक्षलाई मजबुत गरॉऊदै शैक्षिक गुणस्तर कायम गर्नु पर्ने सुझाब दिए। कार्यक्रममा शुभकामना मन्तब्य राख्दै शिक्षाप्रेमी गोपिकृस्ण खरेलले बिधालयलाई थिती,निती,बिधी सबै तरिकाले सन्चालन गर्न जरूरी रहेको आशय ब्यक्त गर्दै आफुले यस बिधालयको सफलताको लागि सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बिधालयका चन्दादाता तथा शिक्षा प्रेमी डिल्लिराज खरेलले बिधालयको सफलताको कामना गर्दै आफुले सक्दो सहयोग गर्दै आएको र भबिस्यमा पनि आबस्यक सहयोग गर्ने प्रतिबध्दता ब्यक्त गरे।

कार्यक्रममा जनजागृति मा बि कॉडेबासका प्रधानाध्यापक तेजिन्द्र बुढाथोकीको बिशेष ऊपस्थिति रहेको थियो। बिधालयका प्रधानाध्यापक बुध्दिमणी खरेलले हाल सम्मको बिधालयको समग्र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

यस बिधालयमा बिशेष गरेर मा बि तह सन्चालनार्थ देखिएको अभिभाबकको उत्साह र सहयोग अतुलनीय छ। स्थापना कालमा जनताहरू बाट भएका आर्थिक,भौतिक,जग्गा सहयोग लगायतका कुराहरूले यस क्षेत्रमा निकै चर्चा कमाएको थियो।

गत बर्ष बिधालयको ४ कोठे आकर्षक भवन निर्माण भई सकेको छ। हाम्रो बिधालय सुन्दर र राम्रो बिधालयको अबधारणालाई पक्षाऊदै अगाडि बढ्न लागेको बि ब्य स अध्यक्ष खड्ग बहादुर खत्रीले बताए । बिधालयका भुतपुर्ब शिक्षक कृस्णप्रसाद खरेल लाई बिधालयको तर्फ देखि बिशेष सम्मान गरिएको थियो। ५८औं बार्षिकोत्सब समारोहको अवसरमा बिधालयले अन्तरसदनात्मक बिबिध कार्यक्रमहरू आयोजना गरी बिधार्थीहरूको क्षमता प्रस्फुटन गराउने प्रयास गरिएको, कार्यक्रमको बिशेष आकर्षणको रूपमा रहेको रेकर्ड डान्स प्रतियोगिता लाई दर्शक हरूले निकै मन पराएको र ६समुहले आफ्नो प्रस्तुति राखेको सॉस्कृतिक संयोजक शिक्षक गोबिन्द बि सि ले जानकारी दिए। शिक्षक सरस्वती चालिसे,बिधार्थीहरू क्रमश माधब खरेल र पृयंका परियारले स्वागत मन्तब्य, शिक्षक कालिदाश खरेल र शिक्षक गोबिन्द बि सि को संयुक्त सन्चालन,बिधालय ब्यबस्थापन समितिका अध्यक्ष खड्ग बहादुर खत्रिको अध्यक्षता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !