घसघसाका मिर्गौला पीडित गमप्रसाद श्रीसलाई लेखानी समाज जापानको सहयोग !

नारायण रिजाल, बागलुङ २०७६ मंसिर २९ । विगत ३ वर्ष देखी मृगौलाको समस्याबाट पिडित भएका गलकोट नगरपालिका–२ नरेठाँटी घसघसाका गमप्रसाद श्रीषलाई लेखानी समाज जापानले आर्थिक सहयोग गरेको छ ।

बागलुङ उद्योग बाणिज्य संघका महासचिव नरेशं कडेलको संयोजनमा लेखानी समाज जापानका कोषाध्यक्ष खगराज कंडेलले पिडित श्रीषकी बहिनी मनकुमारी श्रीषलाई ३५ हजार रुपैयाँ नगद हस्तान्तरण गरेका छन । लेखानी समाज जापानको संस्थागत रुपमा १० हजार र समाजका सदस्यहरुबाट संकलन गरेको २५ हजार रुपैयाँ गरी एकमुष्ट रुपमा ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको समाजका कोषाध्यक्ष कंडेलले जानकारी दिए । समाजले ठुला रोग लागेर उपचारमा समस्या भएका जो कोहीलाई पनि सहयोग गर्दै आएको छ ।

३५ बर्षिय पिडित गमप्रसादको अहिले पोखराको लेकसिटी अस्पतालमा उपचार भै रहेको छ । उनको दुवै मिगौलाले काम गर्न छोडेपछि प्रत्यारोपणका लागि ठुलो रकम लाग्ने हुँदा परिवारले सहयोगको अपिल गरेको छ । दाईको हप्तामा दुई पटक मिगौलाको डायलासिस गर्नुपर्ने हुन्छ गमप्रसादकी बहिनी मनकुमारीले भनिन् ‘प्रत्यारोपणका लागि ठुलो रकम लाग्ने हुँदा पारिवारीक आर्थिक अवस्था कमजोर छ । सवै सँग हामी सहयोगको अपेक्षा गरेका छौं ।, अहिले सम्म गलकोट समाज जापानको तर्फबाट ५ लाख रुपैयाँ र अन्य विभिन्न व्यक्ति र संस्थाबाट गरी कुल १० लाख रुपैयाँ सहयोग प्राप्त भएको मनकुमारीले बताईन । अस्पतालका अनुसार पिडित गमप्रसादको मिगौला प्रत्यारोपणका लागी झण्डै ४० लाख रुपैयाँ लाग्ने बताईएको छ । गमप्रसादको परिवारमा एक श्रीमती, र बाबु आमा रहेका छन । घर व्यवहार चलाउने व्यक्तिनै मिगौलाको समस्यामा परेपछि बाबु आमा आफुसँग रहेको गमप्रसादकी बैनी मनकुमारीले बताईन ।

तश्विर ःमिगौला पिडित गमप्रसादको बैनीलाई सहयोग हस्तान्तरण गर्दै लेखानी समाज जापानका कोषाध्यक्ष खगराज कंडेल । तस्वीरः– बागलुङ नगरपालिका–१२ अमलाचौरमा निर्माणाधिन कृषि उपज संकलन केन्द्र ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !