नेपाल रेडक्रस सोसाइटी मुलपानी उपशाखाको नयाँ समिति गठन !

बागलुङ २०७३ पुस २४ । नेपाल रेडक्रस सोसाइटी मूलपानी उपशाखाको छैठौ अधिवेशनले भिमसेन पन्तलाई सभापति र जनकराज पौडेल, पिङ्गलराज पन्त, हरिप्रसाद सिलवाल, सरिता गौतम, लोकबहादुर क्षत्री, हरिबहादुर पराजुली, अमर बहादुर किसान र शिवप्रसाद गौतमलाई सदस्यमा चयन गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी बागलुङका सदस्य हिमालप्रसाद शर्माले उद्घाटन गरेको साधारण सभामा रेडक्रसका पूर्व जिल्ला सभापति बिश्वनाथ रेग्मी, जिल्ला सदस्य बिष्णुप्रसाद शर्मा, पूर्व जिल्ला कोषाध्यक्ष खगराज पाण्डे, लहरेपिपल उपशाखाका सभापति रुद्रबहादुर केसी, धौलागिरी बहुमुखी क्याम्पसका उपप्राध्यापक गोविन्द गौतमले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम उपशाखाका कार्यवाहक सभापति पिङ्गलराज गौतमको अध्यक्षता, उपकोषाध्यक्ष लालबहादुर केसीको स्वागत र सचिव भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply

Your email address will not be published.