अभिभावको कमजोरीले छोराछोरी शिक्षाको उज्यालोबाट बन्चित भए सरकारले कार्बाही गर्छ : बिष्ट

प्रेम सुनार गुल्मी, २०७६ मंसिर २८ । पूर्व मन्त्री गोकर्ण बिष्टले अभिभावको कमजोरीको कारण छोराछोरी शिक्षाको उज्यालोबाट बन्चित भए सरकारले कारबाही गर्ने चेतावानी दिएका छन । शनिबार बिहान गुल्मीको महेन्द्र आदर्श नमुना माबि मुसिकोट नगरपालिका ७ को ६१ औ बार्षिक उत्सब तथा विद्यालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै बिष्टले सबै बालबालिकालाई शिक्षाको पहुँच स्थापित गर्न सरकारले थुप्रै योजनाका साथ शिक्षा क्षेत्रमा ठुलो रकम लगानी गरेको बताए ।

उनले त्यसको सहि सदुपयोग गर्न विद्यालय, अभिभावक र सरोकारवालालाई आग्रह गरे । साथै बिष्टले रिड(रुद्रबेणी वामीटक्सार सडक कालोपत्रे नभएर जनताले पाएको दुखलाई अब धेरै समय आफुहरुले हेरेर बस्न नसक्ने बताए । उनले सडक कालोपत्रेका लागि टेन्डर प्रक्रिया रहेकाले केही समयमै त्यसको परिणाम आउने बताए ।

महेन्द्र आदर्श नमुना माबी मुसिकोट नगरपालिका ७ को १२ कोठे बिधालय उद्घाटन भएको छ । भवनको पुर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले उद्घाटन गरेका हुन । भवन एक करोड ४० लाखको लागतमा सप्पन्न भएको प्रध्यानाध्यापक बुद्धि प्रसाद शर्माले बताए ।

भुकम्प प्राधिकरणबाट करिब ६९ लाख, नगरपालिकाको ४८ लाख र बाकी स्कुलको लगानीमा भवन निर्माण गरिएको शर्माले बताए। बिधालयमा करिब एक हजार विद्यार्थीले अध्ययन गर्दै आएका छन । यो शैक्षिक सत्रदेखि महेन्द्र आदर्श नमुना माबिले कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिङ विषय संचालन गर्दै आएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !