महेन्द्र आर्दश माविको बार्षिकोत्सवमा सरीक हुन पूर्वमन्त्री बिष्ट वामीटक्सारमा !

कमल पौडेल, वामीटक्सार गुल्मी २०७६ मंसिर २८ । वामी टक्सार स्थित महेन्द्र आर्दश माध्यमिक विद्यालय गुल्मीको ६१ औं वार्षिकोत्सव तथा नव निर्मित भवनको उद्घाटन पूर्वमन्त्री एवं गुल्मी क्षेत्र नं. २ का सांसद गोकर्ण विष्टले आज शनिवार विहान ११ बजे गर्ने कार्यक्रम रहेको छ ।

विद्यालयको ६१ औं वार्षिकोत्सवका मंसिर २५ गते देखि विविध कार्यक्रम सञ्चालन भएपनि वार्षिकोत्सवको अन्तिम दिन आज मंसिर २८ गते औपचारिक समारोह सम्पन्न हुँदैछ । पूर्वमन्त्री विष्ट कार्यक्रममा सरीक हुन हिँजो साँझ नै वामीटक्सार आईपुगेका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !