Sorry, that menu does not exist.
 

भ्रष्ट्राचार न्यूनिकरण तथा सदाचार निर्माणमा अभिभावको भूमिका महत्वपूर्ण !

बागलुङ, २०७३ चैत ३१ । समाजमा भ्रष्ट्राचार नियन्त्रण गरी सदाचार निर्माणका लागि हरेक नागरिकले आफ्नो हक अधिकार र कर्तव्यका बारेमा सचेत हुनु पर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।

जवाफदेहिताका लागि असल छिमेकी बागलुङले बिहीवार काठेखोला गाउँपालिका वडा नंंंं. ७ रेशमा आयोजना गरेको भ्रष्ट्राचार न्यूनिकरण तथा सदाचार निर्मामा अभिभावको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

प्रत्येक नागरिकले आफुले पाउनु पर्ने हक अधिकारका बारेमा जानकारी पाउन सक्यो भने मात्रै सदाचार निर्माणमा सहयोग पुग्ने सहभागीहरुको भनाइ थियो ।

जनताले पाउने सेवा सुविधालाई विभिन्न बहानामा अलमलाउने, काम गर्नका लागि पैसा माग्ने, दुख दिनेहरुका विरुद्ध जनता सचेत भएर प्रतिवाद गर्न सकेमा मात्रै भ्रष्टाचार न्यूनिकरण हुने सहभागीहरुको भनाइ थियो ।

कार्यक्रममा रेश नुन्थला उच्च मावि विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष डिलबहादुर कार्की, नेकपा एमाले रेशका अध्यक्ष कृष्णबहादुर कार्की, महिला सञ्जाल रेशका अध्यक्ष शारदा थापा लगायतले बोलेका थिए ।

कार्यक्रममा जवाफदेहिताका लागि असल छिमेकी बागलुङका अध्यक्ष राम शर्मा, कोषाध्यक्ष लक्ष्मी बाँस्कोटाले भ्रष्टाचार न्यूनिकरण र सदाचार निर्माण लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कार्यक्रम रेश गाविसका पूर्व अध्यक्ष कविराज थापाको अध्यक्षता, जवाफदेहिताका लागि असल छिमेकी बागलुङका सचिव रामबहादुर जिसीको सञ्चालन र सदस्य सावित्रा खड्काको स्वागतमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply