घुम्टे युवा परिवारको आयोजनामा स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न !

गल्कोट २०७६ मंसिर २७ । सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मको आयोजनामा स्वागत तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । संस्थाले घुम्टे युवा परिवार जापान शाखाका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान एवं अन्तरकृया कार्यक्रम गरेको हो ।

कार्यक्रममा घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा, शाखा सचिव दिनेश थापा, शाखा कोषाध्यक्ष संग्राम साहानी र घुम्टे युवा परिवारका सल्लाहकार संयोजक एवं गलकोट नगरपालिका ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले घुम्टे युवा परिवार गलकोट क्षेत्रकै अग्रणी सामाजिक संस्थाको रुपमा परिचित रहेको र आगामी दिनमा केन्द्रिय कार्यालय र घुम्टे युवा परिवार जापान शाखा बिचको सहकार्यमा सामाजिक कार्यमा थप सशक्त रुपमा लाग्नु पर्ने बताए । अहिले विभिन्न सामाजिक कृयाकलापमा घुम्टे युवा परिवार सकृय रहँदै आएको र आगामी दिनमा पनि समृद्व समाज निर्माणमा एकजुट हुनुपर्नेमा वक्ताहरुको जोड थियो ।

सो अवसरमा केन्द्रिय कार्यालयले जापानबाट विदामा नेपाल आएका घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष कुलबिर थापा सचिव दिनेश थापा, कोषाध्यक्ष संग्राम साहानी, आजीवन सदस्य तथा शुभेच्छुक नेत्र चोखाल, कमल थापा, दिपिन खत्री मिन थापा, प्रकाश थापा लगायतलाई दोसल्ला तथा फुलमाला अविरद्वारा स्वागत तथा सम्मान गरिएको थियो ।

कार्यक्रममा आगामी दिनमा संस्थालाई कसरी अगाडी बढाउने, सामाजिक कृयाकलापमा संस्थाको भुमिका तथा समृद्व समाज निर्माण कसरी गर्ने लगायतका विषयमा अन्तरकृया गरिएको थियो ।

कार्यक्रममा घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका कार्य समिति पदाधिकारीहरु, सल्लाहकार सदस्यहरु, घुम्टे युवा परिवार जापान शाखाका प्रतिनिधीहरु, शुभेच्छुकहरु लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रम सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्मका अध्यक्ष थम्मन थापा सन्देशको अध्यक्षता, सदस्य टीका साहानीको स्वागत मन्तव्य र कोषाध्यक्ष सन्त भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !