विश्व मानव अधिकार लैंङ्गिक हिंसा अभियानको समापन !

बागलुङ २०७६ मंसिर २५ । बागलुङमा विश्व मानव अधिकार दिवस र मर्यादित महिनावारीको लागि लैंगिक हिंसा दिवस एक समारोह बिच सम्पन्न भएको छ। समापन कार्यक्रममा सत्कर्म नेपालका अभियन्ता सीताराम थापाले नया पुस्ता र महिला एवं पिछडिएको दुर दराजमा सामाजिक आर्थिक अधिकार नपाएकोले सरकार जवाफदेहि बन्नु पर्ने बताए । उनले महिनावारीको रगत छ र त हामी छौ, नत्र मानव जातिको सृष्टि नहुने बताउदै महिनावारीको रगत पबित्र हुने बताए।

महिला मानव अधिकार रक्षक ज्ञानु थापा मगरले महिला हिंसा बिरुद्ध अभियान कामबाजि नभएर दिवसको लागि दिवस मनाउदा महिला हिंसा र बलत्कार बढेको बताईन। उनले महिनावारीको सवाल प्रमुख मानव अधिकारको सवाल हुने बताईन। अधिकारकर्मी श्री कृष्ण पौडेलले पनि बोलेका थिए ।

कार्यक्रममा, ब्यानर, प्लेकार्ड र दीप प्रज्वलित गरि मनाईएको थियो। कार्यक्रम सत्कर्म नेपाल, आमा मिलन केन्द्र, महिला मानव अधपकार रक्षक संजाल र नागरिक संजालले गरेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !