निसीखोला गाउँपालिकाव्दारा उपभोक्ता समितीलाई क्षमता अभिबृद्धि तालिम

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर २५ । निसीखोला गाउँपालिकाले वडा तहका योजना सम्पादन गर्नका निम्ती उपभोक्त समिती गठन गरेसँगै उपभोक्तलाई प्रत्यक वडामा पुगेर क्षमता अभिबृद्धि तालिम दिन सुरु गरेको छ । योजनालाई प्रभाबकारी ढँगले सम्पन्न गर्ने र आर्थिक रुपमा समेत चुस्त दुरुस्त रहने गरी उपभोक्तालाई तालिम दिइएको हो । गाउँपालिकाको वडा नं.१,३,४,६ र ७ वडामा कार्यक्रम सम्पन्न भइसकेको छ । अब वडा नं.२ र ५ मा मँसिर महिना भित्रै कार्यक्रम गर्ने तयारी रहेको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।

आर्थिक बर्ष सुरु भएसँगै बर्षातको समय ,दशै तिहार जस्ता चाडपर्व र लगत्तै उपचुनाबका कारण योजना सम्झौता हुन नसेकेको अवस्थामा निर्वाचन सकिय लगत्तै धमाधम उपभोक्ता समितीको गठन , तालिम र योजना छनौट कार्यक्रम सुरु भएको गाउँपालिका अध्यक्ष पौडेलले बताए ।

मँगलबार निसीखोला गाउँपालिका वडा नं.६ मा उपभोक्ता समितीलाई क्षमता अभिबृद्धि तालिम सम्पन्न भएको छ । निसीखोला गाउँपालिका गाउँकार्यपालिकाको कार्यालयद्धारा आयोजित कार्यक्रममा वडा नं.६ का वडा अध्यक्ष सुर्यबहादुर घर्तिको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा निसीखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वर लाल शाक्यको प्रमुख आतिथ्यता निसीखोला गाउँपालिका इन्जिनीयर समुन्द्र शाही, प्रभु बैँक निसीखोलाका प्रबन्धक ज्ञानबहादुर क्षेत्री, निसीखोला गाउँकार्यपालिका सदस्य अनिता बुढाको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा वडा नं.६ अन्र्तगत आर्थिक बर्ष २०७६÷७७ का योजना सम्पादन गर्नका निम्ती उपभोक्त समिती गठन भइसकेको र उक्त योजना सहज तवरले सम्पन्न गर्नका निम्ती उपभोक्त समितीलाई तालिम दिइएको छ । तालिममा आयोजना व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७४ अन्र्तगत रहेर योजना सम्बन्धि सम्पूर्ण जानकारी गराइएको हो । जसमा योजना सम्झौता, कार्यसम्पादन प्रकृया, लागत स्मेमिट लगाएतका बिषयमा प्रशिक्षण दिइएको हाम्रा सहकर्मी तेजीन्द्र पौडेलले खबर सम्प्रेषण गरेका छन् ।
कार्यक्रम कार्यपालिका सदस्य अनिता बुढाको स्वागत,निसिखोला गाउँपालिका नासु एवम प्रशिक्षक पुरुसुत्तम गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !