बडीगाड-७ मा लैङ्गिक हिंसा विरूद्धको अभियान : महिला हिंसाको अन्त्य नहुनु दु:खद – गुरुङ

बडीगाड २०७६ मंसिर २४ । ‘समानताको पुस्ता बलात्कार विरुद्ध एक्कबद्दत्ता’ भन्ने मुल नाराका साथ बडीगाड गाउँपालिका वडा ७ को वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान-२०७६ को कार्यक्रममा उपस्थित सबैले लैङ्गिक हिंसा बिरुद्धको प्रतिबद्दत्ता व्यानरमा हस्ताक्षर गर्दै सम्पन्न भएको छ । वडा अध्यक्ष कुष्ण गुरुङको अध्यक्षता,वडा सचिव नरवीर पर्तेलको संचालन रहेको कार्यक्रममा महिला अधिकारकर्मी, जन प्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षा कर्मी संचारकरमी तथा बिधार्थीको उपस्थिति रहेको थियो ।

उक्त अवसरमा वडा अध्यक्ष कृष्ण गुरुङको मात्र प्रशिक्षणात्मक मन्तब्य दिँदै सबैलाई प्रतिबद्धता व्यानरमा हस्ताक्षर गर्न आग्रह गरेका थिए । महिला हिंसाको प्रसंङ्गमा बोल्दै अध्यक्ष गुरुङले महिला हिंसा भनेको सामाजिक, आर्थिक, शारीरिक, मानसिक तथा सांस्कृतिक रुपमा गरिने अमानवीय, अपाच्य अनैतिक एवंम अबैधानिक कृयाकलापहरु लगायत आम संचारमा समेटिएका बलात्कार, बोक्सी, अपहरण र दाईजोको नाममा हुने कुटपिटका दृष्टान्तहरु साथै ईच्छा आकांक्षा आदि भावना व्यक्त गर्न नपाई आफु आफैमा छेकियर मनको रोदन र पीडाबाट निस्किएको आँसुले हर रात सिरानी भिजाउँदै लाखौं रात काट्ने महिलाहरुको दर्दानक कहाली लाग्दो अबस्था भएको बताए ।

आजको २१ औं शताब्दिमा सुन्दर, शान्त र खुसियाली समाज सहितको राष्ट्र निर्माणका लागि महिला हिंसा तगारो बनेको चर्चा गर्दै वडाध्यक्ष गुरुङले देशमा दुईतिहाईको सरकार हुँदा समेत महिला हिंसाको अन्त्य नहुनु र हिंसाको चपेटामा परेकाहरुले न्याय नपाउनु अत्यन्तै दुखद विषय बनेको बताए । आफु पनि जनप्रतिनिधि भएको स्मरण गर्दै गुरुङले सम्पूर्ण महिला दिदीबहिनी तथा सरोकारवाला ब्यक्तित्वहरु सँग हातमा हात काँधमा काँध मिलाएर महिला हिंसा र लैङ्गिक समानताको लागि अगाडी बढ्ने बताए । गुरुङले महिला हिंसा अन्त्य गर्नका लागि समाजमा बिद्यमान पुरुष हिंसाको समेत अन्त्य गरिनु पर्ने बताए ।

समाजमा पुरुषबाट मात्र नभई महिला महिलाबाट समेत शोषण र दमनमा परेको बताए । अबको समृद्ध राष्ट्र निर्माणको लागि लैङ्गिक समानता बिना असम्भव रहेको बताउँदै पुरुष र महिला एक रथका दुई पाङ्ग्रा जस्तो सम्बन्ध कायम गरि अगाडि बढ्नु पर्ने बताए ।

उनलेअन्त्यमा अध्यक्ष गुरुङले महिला हिंसा बिरुद्धको प्रतिबद्धता व्यानरमा हस्ताक्षर गर्न उपस्थित सम्पूर्ण महिला अधिकारकर्मी, जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी एवं बिद्यार्थीहरुलाई वडा कार्यालयको तर्फदेखि विशेष धन्यवाद तथा आभार प्रकट गर्दै सबैलाई आजकै दिन देखि महिला हिंसा अन्त्य र लैङ्गिक समानताको लागि अगाडि बढ्नु सुझाव दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !