भाडादर कायम गर्ने कार्यदलको हालसम्मको प्रगति कति ?
सवारी दुर्घटना न्यूनीकरणका लागी जिल्ला प्रशासन कार्यालयमा बैठक, ग-यो यस्तो निर्णय !

बागलुङ २०७६ मंसिर २४ । प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षत्रीको अध्यक्षतामा राजमार्ग अनुशासन कायम गर्ने तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने विषयमा सरोकारवालाहरु संग जिल्ला प्रशासन कार्यालय बागलुङमा बसेको बैठकले सम्वद्ध विषयमा विविध निर्णयहरु गरेको छ ।

बैठकमा २०७६ भदौ २९ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकले गठन गरेको संयुक्त अनुगमन समिति तथा भाडादर कायम गर्ने कार्यदलको हालसम्मको प्रगति यातायात व्यवस्था कार्यालयका प्रमुखले जानकारी गराएका थिए । बैठकमा कार्यदलले अन्तिम प्रतिवेदन यथाशीघ्र पेश गर्ने र संयुक्त अनुगमन समितिले आफ्नो कार्यलाई तिव्रता दिने निर्णय गरिएको छ ।

बैठकले गत मंसिर १४ गते गुल्मी ईस्माबाट बागलुङ निसीखोला गाउपालिका २ जाँदै गरेको जीप बडीगाड गाउँपालिका ७ भिङगिठेको घोपर्नामा भएको दुर्घटनामा मृत्यु भएका १५ जना मृतक प्रति हार्दिक श्रद्धान्जलि तथा शोकसन्तप्त परिवार प्रति समवेदना व्यक्त गर्दै बागलुङ जैमिनी नगरपालिका १ डाँग्रेपानी तथा बरेङ गाउपालिकाकाको वडा नं २ मा भएको जीप दुर्घटनामा घाईते यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

ठकमा सडकको बिग्रेको अवस्था, ट्राफिक नियमको पालना नगर्ने प्रबृत्ती एवं सवारी चालकको खराब आचरणको कारण सडक दुर्घटनाहरु बढ्दै गएको उल्लेख गर्दै यस्ता दुर्घटनाबाट जनधनको क्षेती हुन नदिने तर्फ पूर्ण सतर्कता अपनाउन पर्ने देखिएकोले सरोकारवाला निकाय एवं संघसंस्था एवं व्यक्तिहरुले पालना गर्नु पर्ने १३ बुँदे निर्णय समेत गरेको छ ।

कच्ची सडकहरु पक्की बनिसकेपछी पनि केहि वर्ष देखी सवारी भाडा समायोजन नगरिएको भन्दै व्यापक जनअसन्तोष विद्यमान रहेको अवस्थामा यसलाई सम्वोधन गर्न ढिलाई गर्न नहुने जिल्लावासीको माग रहेको छ । सडक दुर्घटना न्यूनकिरणका लागी निर्देशन मात्र प्रयाप्त नहुने भन्दै सदरमुकाम लगायत जिल्लाका विभिन्न सडकहरुमा ट्राफिक नियमलाई कडाईका साथ अमलमा ल्याउन सरोकारवाला निकाय सख्त हुनुपर्ने आवाज उठेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !