मुसिकोट नगरपालिकामा कुनै प्रकारको भ्रष्टाचार भएको छैन : नगरप्रमुख सापकोटा

रामकृष्ण कंडेल, वामीटक्सार २०७६ मंसिर २४ । मुसिकोट नगरपालिका नगरप्रमुख सोमनाथ सापकोटाले सुशासन प्रवर्धनका लागि नागरिक सञ्जाल गुल्मीले सोमबार प्रजिअ कोषहरी निरौलालाई जिल्लाका विभिन्न सरकारी कार्यालयहरुको आर्थिक अवस्था समेटेर प्रस्तुत प्रतिबेदनले केहि अस्पष्टता सृजना गरेको बताएका छन् ।

हाल सम्म मुसिकोट नगरपालिकाले हरेक आर्थिक कार्य गर्दा सुशासन, पारदर्शिता र प्रभावकारी सेवा प्रवाहका लागि बिशेष जोड दिएको बताउदै नगरप्रमुख सापकोटाले आफुहरूले विकास निर्माणका कामहरु पारदर्शी बनाउन प्रयास गरेको, नगरभित्रका सेवाप्रवाहबारे नियमित सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण समेत गरिएको बताए ।

हिजो प्रमुख जिल्ला अधिकारी समक्ष प्रस्तुत प्रतिबेदनमा हाम्रो नगरपालिकाको बेरूजु रकम पनि देखाईएको पाईयो। हाम्रो मुसिकोट नगरपालिकाको सन्दर्भमा सामाजिक सुरक्षा भत्ता बितरणको सन्दर्भमा वडा सचिबहरूले पेश्कि लिएको, सबै वडामा तत्कालीन अबस्थामा बैकिङसेवा नपुगेकोले एक बर्ष पछि मात्र बैंकमा पोस्टिङ हुने नियम अनुसार बेरूजु देखिएको हो। बेरूजु भनेको भ्रष्टाचार होईन।

नगरप्रमुख सापकोटाले ईबागलुङ सहकर्मीसंग भने, ‘मुसिकोट नगरपालिकामा कुनै प्रकारको भ्रष्टाचार भएको छैन र म कदापि हुन पनि दिने छैन ।’

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !