समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई कारवाही गरिने !

रामकृष्ण कंडेल, वामीटक्सार, २०७६ मंसिर २३ । प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय गुल्मीमा विभिन्न कार्यालयहरुबाट ठेक्का लगाएका योजनारआयोजनाहरुको निर्माणको अवस्थाको बारेमा सरोकारवाला कार्यालयका प्रमुखहरूसंग छलफल कार्यक्रम सम्पन्न भएको छ।

छलफलमा गुल्मी जिल्ला भित्र समयमै निर्माण सम्पन्न नगर्ने निर्माण कम्पनीलाई आवश्यक कानूनी कारवाहीको लागि प्रकृया अगाडि बढाउने निर्णय गरिएको श्रोतले बतायो । यसै गरी गृह मन्त्रालयबाट माग भए बमोजिमको निर्माणाधीन योजनारआयोजनाहरुको विवरण पठाउने विषयमा निर्णयहरू भएको बताईएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !