रु २ करोड ३७ लाख लागतमा निर्माण हुने झिवाखोला स्थित प्रभा माविको नयाँ भवनको शिलन्यास !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर २२ । निसीखोला गाउपालिका स्थित प्रभा माध्यमिक विद्यालयमा २ करोड ३७ लाख लागतमा पक्कि भवन निर्माण सुरु भएको छ । आईतबार गण्डकी प्रदेशसभा सदस्य खिमविक्रम शाही र निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले सँयुक्त रुपमा भवनको सिलन्यास गरेका हुन् । गोरखा वेलफेयर ट्रस्ट विद्यालय निर्माण कार्यक्रम अन्र्तगत आधुनिक सुविधा सम्पन्न दुई तले १२ कोठे भवन निर्माण सुरु भएका हो । भूपू सैनिकहरुको सँगठन व्रिटिसको आर्थिक सहयोगमा भवन निर्माण सुरु गरीएको विद्यालय व्यवस्थापन समिती अध्यक्ष रमेश विक्रम शाहीले बताए ।

आगामि २०७७ जेठ मसान्त सम्म सम्पन्न गर्ने गरी भवन निर्माण सुरु भएको हो । उक्त भवन निर्माण सम्पन्न भएसँगै भौतिक रुपमा विद्यालय सम्पन्नशाली रहने विद्यालयका प्रअ नवराज आर्चायले बताए । दुई बर्ष अगाडी सम्म कच्ची भवनमा पठन पाठन हुँदै आएको उक्त विद्यालयमा पछिल्ला बर्षहरुमा दुईवटा पक्की भवन निर्माण भइसकेका छन् ।
निसीखोला गाउँपालिकाको बजेटमा द्धारा आव २०७४÷७५ र ०७५÷७६ मा गरी पाँचकोठे भवन निर्माण सम्पन्न गरीएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताए ।
उता शिक्षा सम्मोन्य अन्र्तगत पुनर्निर्माण बाट ७ कोठे पक्की भवन निर्माण भइसकेको छ । अवको निर्माणाधीन अवस्थामा रहेको भवन पुरा भएमा विद्यालयलाई भवन अभाब नरहने प्रअ आर्चायले बताए ।

भवन शिलान्यास कार्र्यक्रममा प्रदेशसभा साँसद शाही, निसीखोला गाउँपालिका अध्यक्ष पौडेल, वेलफेयर ट्रस्टको तर्फदेखि एरिया वेलफेयर अफिसर गमबहादुर थापा, ईन्जिनियर महेश राना, बिद्यालय व्यवस्थापन समिती अध्यक्ष शाही , विद्यालयका प्रअ नवराज आर्चाय लगाएत स्थानीय समाजसेवी बुद्धिजिवीको उपस्थिती रहेको थियो । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म ६ सय विद्यार्थीले अध्ययन गर्दे आएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !