यति सानी नानीलाई त्यति ठुलो रोग : पाण्डवखानी समाज हङकङव्दारा ३५ हजार हस्तान्तरण !

सुरेश छन्त्याल, गल्कोट २०७६ मंसिर २२ । गल्कोट नगरपालिका १० पाण्डबखानी माध्यमिक विद्यालय कक्षा ३ मा अध्यनरत ८ वर्षिय रोशनी घर्ति मगरलाई एक्कासी ब्रेन ट्यूमर रोग लागे पछि काठमाडौंको टिचिङ अस्पतालमामा भर्ना गरि अहिले चेकजाँचका लागि भालि रेडियो थेरापीका लागि भक्तपुर जैलाने थप उपचार गर्न अन्दाजी ५ लाख खर्च हुने विरामीलाइ हेरचाह गरिरहेका मामा रमु बुझेलले जानकारी दिए। उनलाई सुरुमा टाउको दुख्ने गरेपछि उपचारका लागि हटिया लाने ल्याउने गरेको र त्यसपछि उपचार गराउदा ठुलै रोग लागेको थाहा पाएपछि काठमाडौ लगेको घरपरिवारले जानकारी दिए ।

उनका मामा रमु भुझेलका अनुसार रोशनीलाइ न्युरो सर्जन डाक्टर सुशील सिल्पकारले हेरेका थिए । उनका भनाइ अनुसार पहिले भन्दा अलि सुधार भएको र रोशनीलाई क्यान्सर भैसकेको डाक्टरले बताए । उनले भान्जीको उपचारका लागी सबैसंग हार्दिक अपिल गरेका छन् । उपचारका लागि पाण्डबखानी समाज हङकङबाट उठेको रु ३५ हजार ७ सय साथी रकम रोशनीका बाजेलाइ पाण्डबखानी समाज हङकङका प्रतिनिधि रामकाजी पुनले हस्तान्तरण गरेका छन् ।

८ वर्षिया रोशनीलाई ब्रेनट्यूमर, उपचारका लागी आर्थिक अभाव, सबैमा सहयोगको अपील !

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !