कुलपूजामा पुगेर फर्किदै गर्दा हुग्दिशिर बराहकोटमा जीप दुर्घटना, ११ जना घाइते, ३ जना गम्भीर !

केशवराज क्षेत्री बरेङ २०७६ मंसिर २२ । बरेङ गाउपालिका २ हुग्दिशिर बराहाकोटबाट बरेङ तर्फ जाँदै गरेको ध १ ज १८३ नम्बरको पिकअप जीप दुर्घटना भएको छ । आज बिहान करिब ८.१५ बजेतिर सडक बाट १० मिटर तल बाँसको घारीमा अड्किएको छ । दुर्घटनामा गाडी चालक सहित ११ जना घाइते भएका छन भने ३ जना गम्भीर घाइते मध्य एकजना बिष्णु श्रीसलाइ रिफर गर्नुपर्ने हुग्दिशिर स्वास्थ्य चौकीले जनाएको छ ।

घाइतेहरुमा श्याम बहादुर पुन सैनामैना १ बनकट्टा रुपन्देही बर्ष ४०, दिल कुमारी पुन सैनामैना १ बनकट्टा रुपन्देही बर्ष ३५, मतिलाल श्रीष बुटवल उपमहानगरपालिका १३ बेलबास बर्ष ६०, बिष्णु श्रीष बरेङ गाउपालिका २ बराहाकोट बर्ष ३२ इच्छा श्रीष बरेङ गाउपालिका २ बराहाकोट बर्ष १८ महिनातिल माया श्रीष बुटवल उपमहानगर पालिका १३ बेलबास बर्ष ५५, तिल कुमारी छन्त्याल बरेङ गाउपालिका २ बराहाकोट बर्ष ४०, कमला बि।क बरेङ गाउपालिका २ तल्लोगाउ,बर्ष २६, कमला पुन बरेङ गाउपालिका २ बराहाकोट बर्ष ३९, शुश्मा पुन गुल्मी कालिकण्डकी गाउपालिका ७ बर्ष २३, चालक अनिल घर्तिमगर बरेङ गाउपालिका २ बराहाकोट रहेका छन ।

बरेङ गाउपालिका २ बराहाकोटका पुनहरुको कुल पुजामा पुगेर फर्किदै गर्दा गाडी दुर्घटना भएको हो। गाडीमा जम्मा १३ जना यात्रु सबार थिए। पिकअप दुर्घटनाको कारण अझै खुल्न सकेको छैन। घाइतेहरु सम्पुर्णको हुग्दिशिर स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ।

स्मरणीय छ, गत मंसिर १७ गुल्मीको ईस्माबाट कुलपुजाको लागी बागलुङ निसीखोला २ बायखोला जाँदै गरेको जीप बडीगाड गाउपालिका ७ भीङगिठेको घोपर्नाको कोप्चोबाट बडीगाड खोलामा खसेर दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो भने ३ जना गम्भीर अवस्थामा छन् ।
तस्वीर- प्रकाश छन्त्याल, बरेङ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !