हटिया लिंकरोडको नगरप्रमुख गैरेव्दारा उद्घाटन, सडक विकासको मेरुदण्ड !

थम्मन थापा, गल्कोट २०७६ मंसिर २२ । गलकोट नगरपालिका ३ हटियामा निर्मित लिंकरोडको नगरप्रमुख भरत शर्मा गैरेले रिवन काटेर उद्घाटन गरेका छन् । गल्कोट नगरपालिका वडा नं ३ भित्रका सम्पूर्ण गाउँहरुलाई जोडन लिङ्क रोडको रुपमा निर्माण गरिएको सो सडक उद्घाटनका लागी नगरप्रमुख गैरे बस चढेर उद्घाटनस्थल पुगेका थिए ।

सडकको उदघाटन पछी नगरप्रमुख गैरेले नगर सडक विकासको मुख्य मेरुदण्ड भएको भन्दै क्रमश सडकको स्तरोन्नति गर्न गलकोट नगरपालिकाले महत्वपुर्ण भुमिका खेल्ने बताए । उनले ग्रामिण क्षेत्रमा बन्ने यस्ता लिङ्करोडले स्थानियको दैनिक जीवनमा सहजता थप्ने नगर विश्वास व्यक्त गरे ।

हटियाको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेखोला हुँदै लमाई जोडने सडक झण्डै डेढ किलोमिटर रहेको वडा अध्यक्ष वीरजंग भण्डारीले जानकारी दिए । सडक निर्माण भए सँगै एक गाउँ देखि अर्को गाउँ सम्म पैदल र यातायात दुवै मार्फत आवागमनमा सहजता हुने वडा अध्यक्ष भण्डारीको भनाई थियो ।

त्यस्तै ग्रामिण क्षेत्रमा उत्पादन हुने वस्तुले पनि यातायात मार्फत बजार पाउने वडा सदस्य झहर बहादुर खत्रीले बताए ।
गलकोट नगरपालिका वडा नं ३ का विभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा यो सडकले थप आवागमनमा आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता प्रदान गर्नेछ ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नं ३ का वडा सदस्य बेल बहादुर बोहोरा र सडक निर्माण समितिका सचिव हुम बहादुर बोहोराले मन्तव्य राहेको थियो ।
सडक निर्माण पछि स्थानियबासीहरु हर्षित भएको बोहोराफाँट, कमेरेपानी, भुल्केपानी, घट्टेकुलो लमाई सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष रिम बहादुर बोहोराले बताए ।
सडक उदघाटनको क्रममा पहिलोपटक गाउँमा बस पुग्दा स्थानियले फुलमाला र अविरद्वारा भव्य स्वागत गरेका थिए । सडक उदघाटन कार्यक्रममा जनप्रतिनिधी, स्थानिय समाजसेवी, पत्रकार, स्थानिय र आमा समुहका पदाधिकारीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !