गुल्मी-कुर्घा-रूपन्देही सम्पर्क समाज, बुटवलको आयोजनामा ७१ युनिट बलड संकलन !

प्रदेश सभासद खड्क के सी द्वारा उच्च प्रशंसा।

रामकृष्ण कंडेल, २०७६ मंसिर २२ । रक्तदान जीवनदान भन्दै प्रदेश सभासद खड्क केसीले गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज, बुटवलको उच्च प्रशंसा गरेका छन् । संस्थाको आयोजनामा संस्था संग सम्बन्धित ब्यक्तित्वहरू बाट ७१युनिट बलड संकलन गरेको प्रशंगमा प्रशंसा गर्दै सभासद केसीले यस संस्थाले समय समयमा यस प्रकारका महत्वपूर्ण कार्यहरू गर्दै आएको र रगतको अभाबमा मृत्युको मुखमा पुगेका घाईते,सुत्केरी,बिरामी हरूको ज्यान बचाऊन सकिएको बताए ।

संस्थाहरू धेरै खुलेका छन तर गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज, बुटवल उत्कृस्ट संस्थाको रूपमा अगाडि बढिरहेको भन्दै प्रमुख अतिथिको रूपमा मन्तब्य राख्दै सभासद केसीले यसको सफलताको कामना समेत गरे ।

कार्यक्रममा समाजसेवी तथा कुर्घा मालिका मन्दिरका अध्यक्ष झबिराम शर्मा, मानब कल्याण मित्र मन्च, नेपालका अध्यक्ष दुर्गा प्रसाद अर्याल, गुल्मी रूपन्देही सम्पर्क समाजका कार्यबाहक अध्यक्ष डाक्टर नारायण प्रसाद पन्थ, त्रिभुवन मा बि, भुवाचिदी, गुल्मीका शिक्षक गोपाल रायमाझी, पौदी अमराई सम्पर्क समाजका अध्यक्ष लिलाधर गौतमसमेतको सहभागिता थियो ।

गुल्मीको कुर्घाबाट रूपन्देहिमा बसाईसरी बसोबास गर्दै आऊनु भएका कुर्घेली हरूले बुटवलमा यहि मंसिर २१ गते शनिबार परिचयात्मक डाईरेकटरी ०७६ बिमोचन तथा रक्तदान कार्यक्रम समेत गरिएको छ।

यस कार्यक्रमको सम्पूर्ण आर्थिक खर्च न्यूजिल्यान्डमा कार्यरत हरि भन्डारी र हिमा अर्यालबाट भएको संस्थाका अध्यक्ष तेजनारायण अर्यालले जानकारी दिए ।
अध्यक्ष अर्यालका अनुसार बिदेशमा रहेर पनि आफ्नो जन्मभूमीको हितका निम्ती कुर्घेलीहरूका ज्वाई हरी भन्डारी र कुर्घेलीहरूकी छोरी हिमा अर्यालले रक्त दान र पुस्तक प्रकाशन जस्ता महत्वपूर्ण कार्यमा निकै ठुलो आर्थिक सहयोग गरी गुन लगाएको बताए । अध्यक्ष अर्यालका अनुसार संस्थाले समय समयमा रक्तदान कार्यक्रमहरू आयोजना गर्दै आएको र यस कार्यले धेरै जनाको जीवन बचाऊन सकेकोले आफु हरूलाई गौरब लागेको बताए ।

संस्था ०७५ मा बिधिवत रूपमा स्थापित भएता पनि छोटै समयमा मानवीय सेवामा समर्पित हुदै आएको छ।

कार्यक्रममा डाईरेकटरी सौजन्यकर्ता गोबिन्द बहादुर पंगेनीको परिवार र रक्तदान र डाईरेकटरी बिमोचन कार्यक्रमको प्रायोजक हरि भन्डारी र हिमा अर्यालको परिवारलाई बिशेष सम्मान गरिएको थियो। कार्यक्रममा भेषराज शर्माको स्वागत मन्तब्य, प्रकाश थापाको सन्चालन, अपार शर्माको संयोजन र अध्यक्ष तेजनारायण अर्यालको अध्यक्षता रहेको थियो।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !