५ केजी चरेस सहित निसीखोला- ६ सिपका दुईजना प्रकाउ !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मँसिर २१ । निसीखोला गाउपालिका पाँच केजी चरेस सहित दुईजनालाई प्रहरीले प्रकाउ गरेको छ ।

निसीखोला गाउँपालिका ६ निसी सिपका ३० बर्षिया भागिमला बुढा र निजका मामा पर्ने स्थानीय २५ बर्षिय रामबहादुर साउठोकीलाई ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र निसी प्रहरीको सँयुक्त टोलीले शुक्रबार राति १० बजे घरबाटै प्रकाउ गरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काले बताए ।

विशेष सुराकीका आधारमा निजहरुलाई प्रकाउ गरिएको र आईतबार बिहान थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने खड्काले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !