बडीगाड र ढोरपाटनमा नेपाल मगर विद्यार्थी संघको संगठन बिस्तार !

बागलुङ २०७६ मंसिर २१ । बडीगाड गाउँपालिकामा नेपाल मगर विद्यार्थी संघ गठन गरिएको छ । ललिता थापा मगरको अध्यक्षतामा १५ सदस्यीय गाउँपालिका स्तरीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सहाना थापा मगर, सचिवमा प्रकाश पुन मगर, सहसचिवमा चन्द्रा पाइजा मगर, कोषाध्यक्षमा डिलबहादुर पाइजा मगर रहेका छन् भने अन्य सदस्यहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल मगर विद्यार्थी संघ बागलुङका निर्वतमान अध्यक्ष प्रतिक घर्ती मगरले शिक्षामा सबै जातजातिको पहुँच भएको बताउँदै शिक्षा क्षेत्रमा हुने विभेदको अन्त्य हुनु पर्ने बताए । नेपाल मगर विद्यार्थी संघ बागलुङका अध्यक्ष सागर घर्ती मगरले विद्यार्थी समाज परिवर्तनका संवाहक भएको बताउँदै गुणस्तरीय शिक्षा लिनबाट कोही वञ्चित नहुन आग्रह गरे ।

नेपाल मगर विद्यार्थी संघ बागलुङका सचिव डम्मर बुढा मगरले मगरहरुको कला संस्कृतिको संरक्षण गर्ने दायित्व मगर विद्यार्थीहरुको भएको बताउँदै आफ्नो परम्परालाई जोगाउनु पर्नेमा जोड दिए । विद्यार्थीहरुलाई किताबी ज्ञानले मात्रै सक्षम बनाउन नसक्ने बताउँदै सचिव बुढा मगरले विभिन्न संघ संस्थामा रहेर काम गर्दा उनीहरुलाई उर्जा मिल्ने बताए ।

त्यस्तै संघले ढोरपाटन नगरपालिका.वडा नम्बर १ मा रहेको उत्तर गंगा माविमा पनि जुनकुमारी बुढा मगरको अध्यक्षतामा २५ सदस्यीय नेपाल मगर विद्यार्थी संघ इकाई समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा रुपेश बुढा मगर, सचिवमा अनिता घर्ती मगर, सहसचिवमा राजेश सिउठानी मगर, कोषाध्यक्षमा थमप्रकाश बुढा मगर रहेका छन् भने अन्य सदस्य रहेका छन् ।

आगमी पौष ४ र ५ गते नेपाल मगर विद्यार्थी संघ ४ नम्बर प्रदेशको प्रथम अधिवेशन बागलुङ हुने भएको हुँदा संघले संगठन विस्तारलाई तीव्रता दिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !