९२ लाखको लागतमा निर्माण हुने जनप्रेम मा बि ताराखोलाको ८ कोठे भवनको शिलान्यास !

पूर्णभद्र निउरे, ताराखोला २०७६ मंसिर २० । ताराखोला गाउँपालिका को वडा न १ मा रहेको जनप्रेम मा बि मा एक कार्यक्रम का बिच ८ कोठे भवनको शिलान्यास गरिएको छ ।

The pahar trust Nepal को समन्वय र Grow your Agency को आर्थिक सहयोगमा करिब ९२ लाखको लगानीमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको बिद्यालयका प्रधानाध्यापक नइन्द्र बहादुर गुरुङ ले जानकारी दिए ।

भवनको The pahar Trust यु के का प्रमुख इमान ग्याङ्जी , The pahar Nepal का प्रमुख चन्द्र गुरुङ , ताराखोला गा पा प्रमुख प्रकाश घर्ती उपाध्यक्ष दिल कुमारी पुन रोका र निर्माण समितीका अध्यक्ष गौरी माया गुरुङले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

कार्यक्रममा The pahar Trust UK का प्रमुख इमान ग्याङ्जी , The pahar Nepal का प्रमुख चन्द्र गुरुङ,ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सन १९९३ मा यु के मा The Pahar trust नामले दर्ता भै नेपाल मा समेत The pahar trust Nepal का नामले प्रशिद्ध सस्थाले पुर्ब का १२ र पश्चिम का १० जिल्लामा बिद्यालय भवन निर्माणको काम गर्दै आएको र यश बर्ष पनि सस्था ८ बिद्यालय भवन निर्माण गर्ने सस्थाका प्रमुख चन्द्र गुरुङले जानकारी दिए । जनप्रेम मा बि मा पनि २५ प्रतिशत जनश्रम सहित करिब ९२ लाखमा निर्माण सम्पन्न हुने गरि योजना सम्झौता भै सकेको बिद्यालय ब्यबस्थापन समितीले जनाएको छ ।

कार्यक्रम बिद्यालय ब्यबस्थापन समितीका सदस्य गौरी माया गुरुङको अध्यक्षता वडा न १ का वडा अध्यक्ष याम बहादुर श्रीसको स्वागत र बिद्यालयका सहायक प्रधानाध्यापक टेक बहादुर पुनको संचालन मा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !