पाण्डबखानीमा firendship भलिबल खेल सम्पन्न !

सुरेश छन्त्याल/पाण्डबखानी,२०७६ मंसिर १९ । गल्काेट नगरपालिका १० पाण्डबखानीमा firendship भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पाण्डबखानीमा जन्मेर बेलायतमा कार्यरत युके समाज पाण्डबखानीका प्रतिनिधि राजेन्द्र पुन,विष्णु घर्ती मगर र कुमार थापाकाे नेतृत्वमा उत्त खेल सम्पन्न भएको हाे भने अाफ्नाे गाउँ र समाजकाे अापसी सबभाव र मिलमिलाब प्रकाद रहाेस् भन्ने उदेश्यले गलकाेट नगरपालिका १० पाण्डबखानी गैराभाटीमा मैत्रीपूर्ण firendship भलिबल खेलकाे आयाेजना गरि युवा तथा खेलप्रेमी र विद्यार्थी विच खेल सम्पन्न भएको छ।

उक्त भलिबल प्रतियाेगितामा ३ जना उत्कृष्ट खेलाडीलाई युके समाज पाण्डबखानीका राजेन्द्र पुनले सम्मान स्वरुप रकम प्रदान गरेका थिए। पछिल्लो समयमा पाण्डबखानीमा विभिन्न क्बलहरुले आयाेजना गरि कार्यक्रम राख्ने प्रचलन हटाएपछि देश तथा विदेशबाट चार्डपर्व मनाउन छुट्टीमा गाउँ आउनेहरुलाइ मध्ये नजर गरि अहिले कुल पुजा मनाउनका लागि विदेश तथा देशबाट छुट्टिमा गाउँ आएका प्रदेशी दाजुभाइ दिदिबहिनीहरु यस कार्यक्रममा सहभागी भएका थिए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !