व्यावसायिक दक्षता हाँसिल गर्नका लागि कुस्माको नमुना आवासीय माविमा नमुना हाटवजार !

निर्मल पौडेल पर्वत २०७६ मंसिर १९ । विद्यार्थीहरुलाई व्यावसायिक शिक्षामा दक्षता हाँसिल गराउनका लागि यहाँको एक विद्दालयले विद्दार्थीहरुलाई स्थानिय लोकल जातका सामाग्रीहरुको निर्माण गर्न लगाई विद्यालय परिसर भित्रै नमुना हाटवजारको आयोजना गरेको छ । कुस्माको नमुना आवसीय माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा अन्तर्गत विषय शिक्षकले विद्यार्थीहरुलाई दिएको गृहकार्य अन्तर्गत दैनिक उपभोग्य वस्तुहरु अर्गानिक र जङ्क फुड मुक्त खानेकुराहरु आँफैले घरमा तयार पारी विद्यालयमा नमुना हाटवजारको आयोजना गरी खरिद विक्रि गरेका हुन् ।

विद्यालयको कक्षा ६ मा अध्ययनरत करिव ७५ जना विद्यर्थीहरुको एप्पल र ओरेञ्ज गु्रपले २० वटा स्टलको निर्माण गरी प्रयोगात्मक गृहकार्य अन्तर्गत उत्पादन तथा निर्माण गरेका स्थानिय लोकल जातका तरकारीमा गुन्द्रुक, मुलाको चाना, स्कुस, खुर्सानी, भेन्टा , कोदाको पीठो, सिल्टुङ, भट्टमास , वोडी, मकै, हरियो साग, सातु, र खाजाको रुपमा घरमै वनाएको तरकारी र पुरी लगायतको कारोवार गरेका हुन् ।

विद्यार्थीहरुले एक आपसमा निर्माण गरेका सामाग्रीहरु विक्री वितरण गरेका हुन् । विद्यार्थीहरुलाई आर्थिक कारोवार गर्न सक्ने क्षमतामा अभिवृद्धि गर्ने उद्देश्यका साथ यसै संग सम्वन्धित ज्ञान,सिप र धारणामा परिवर्तवन गराउनुका साथै नाफा घाटाको महत्व संगै अर्गानिक खानेकुराको महत्व दिलाउनका लागि नमुना हाटवजारको आयोजनाको व्यवसायिक शिक्षाका विषय शिक्षक संञ्जय जैसीले संयोजन गर्नुभएको विधालयका शिक्षक इञ्चार्ज जलन खत्रीले जानकारी दिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !