गुल्मी कुर्घा-रूपन्देही सम्पर्क समाज,बुटवलले रक्तदान तथा पुस्तक बिमोचन गर्ने !

रामकृस्ण कंडेल,गुल्मी २०७६ मंसिर १९ । गुल्मीको कुर्घाबाट रूपन्देहीमा बसाईसरी बसोबास गर्दै आएका कुर्घेलीहरूले बुटवलमा यहि मंसिर २१ गते शनिबार रक्तदान तथा परिचयात्मक डाईरेकटरि ०७६ बिमोचन गर्न लागिएको छ । गुल्मी कुर्घा रूपन्देही सम्पर्क समाज,बुटवल-८,रूपन्देही समाजले उक्त कार्यक्रम आयोजना गर्न गईरहेको संस्थाका अध्यक्ष तेजनारायण अर्यालले बताए । अध्यक्ष अर्यालका अनुसार संस्थाले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको र यस कार्यले धेरै जनाको जीवन बचाऊन सकेकोले आफुहरूलाई गौरब लागेको बताए ।

यसपटक रक्तदानको साथै कुर्घा, गुल्मीबाट रूपन्देही आई बसोबास गरीरहेका सम्पूर्ण कुर्घेलीहरूको बर्तमान अबस्था सहित सम्पर्क नम्बर संलग्न गरी निकै मिहिनेतका साथ तयार गरिएको पुस्तक समेत बिमोचन गर्न लागिएको छ। रूपन्देगीमा बसोबास गरीरहेएका सम्पूर्ण कुर्घेली आमा बुवा,दाजु भाई,दिदी बहिनीहरू,बिज्ञापन दाताहरू,सहयोग दाताहरूलाई रक्त सन्चार केन्द्र,बुटवल अमरपथमा २१ गते बिहान ७ बजे उपस्थित हुन अध्यक्ष अर्यालले बिशेष आग्रह गरेका छन्।
यो संस्था ०७५मा बिधिवत रूपमा स्थापित भएता पनि छोटै समयमा मानवीय सेवामा समपिर्त हुदै आएको छ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !