खर्वाङमा ८ वर्षिया दलित बालिका बलात्कृत, अभियुक्त प्रहरी नियन्त्रणमा !

बडीगाड २०७६ मंसिर १९ । महिला हिँशा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवस्थामा बडीगाड गाउपालिका २ खर्वाङमा ८ वर्षिया बालिका बलात्कृत भएकी छन् । ती अवोध बालिकालाई कुकृत्य गर्ने ४३ वर्षिय दिपेन्द्र राईलाई प्रहरीले नियन्त्रणमा लिएर कार्बाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

गत असार ६ गते राति निज राईले सुतिरहेको अवस्थामा दलित बालिकालाई कुकृत्य गरेको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले धरान उपमहानगरपालिका १७ टेम्का चोक स्थायी घर भै कामको खोजीमा खर्वाङ आएर बसिरहेका अभियुक्त राईलाई सम्मानित जिल्ला अदालतबाट म्याद थपगरी अनुसन्धान गरिरहेको जनाएको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !