बडीगाडका वृद्धवृद्धालाइ सामाजिक सुरक्षा भत्ता बुझ्न आउन-जान सास्ती नै सास्ती !

अनिश शर्मा गैरे, बागलुङ २०७६ मंसिर १९ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझ्न बाको बडीगाड गाँउपालिका नागरीकलाइ सास्ती भएको छ ।

सरकारले बैंक मार्फत बृद्धभत्ता बितरण गर्न थालेपछि बृद्धबृद्धालाइ झन समस्या भएको हो । लामो दुरीबाट बडीगाड ५ खौलार स्थित प्रभु बंैकमा भत्ता बुझ्न आएका ७६ बर्षीय चन्द्रमणी बुढाथोकीले भत्ता बुझ्न आउँदा सारै दुख व्यहोर्नु पर्ने बताए ।

गाडीमा अढाइ घण्टा यात्रा गरेर आएका बुढाथोकीले भने – ‘बिहान ६ बजे उठेर गाडीबाट आएको, त्यही पनि सीट पाइएन्, पछाडी चढेर आएको, आउँदा जाँदा १५ सय जति खर्च हुन्छ, लाइनमा बस्दा पनि सकस हुन्छ’ ।

उनले वडा पालिकाले घर घर मै पुगेर भत्ता बितरण गरेमा बुढाबुढीलाइ सजिलो हुने बताए । एक जना सहायक साथीसँग आउँदा जाँदा दुइ हजार भन्दा बढी खर्च हुने उनले बताए ।

पहिले साबिकको गाविसमै भत्ता पाउने गरे तापनि हाल गाँउपालिका केन्द्र स्थित खौलारमा रहेको प्रभु बंैकमा नै भत्ता बुझ्न पुग्नुपर्ने भएपछि समस्या भएको हो ।
यसअघि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले कर्मचारीबाट अनियमितता भएको भन्दै लाभग्राहीलाई बैंक खातामार्फत भत्ता दिने नीति बनाए पनि भत्ता लिन गाँउपालिकाको केन्द्रनै पुग्नुपर्ने भएकाले वृद्धवृद्धा तथा अशक्तले ज्यादै झन्झट र दुःख बेहोर्नुपरेको छ ।

गाँउपालिका कायम गरिए पनि पहाडी क्षेत्रमा भौगलिक कठिनाइले गर्दा मुकाममा रहेको बैंकमा खाता खोलेर भत्ता पाउन ज्यादै सास्ती खेप्नुपरेको ज्येष्ठ नागरिकहरूले दुखेसो पोख्न थालेका छन । ‘सुरुमा खाता खोल्न अरूको सहारामा बोकाएरै जानुपर्ने र भत्ता रकम बुझ्न पनि बोकिएरै जानुपर्ने हुँदा यस्तो भत्ता लिन दुख छ,’ बडिगाड १० दर्लिङबाट आएका अर्का बृद्धले भने ।
कच्ची बाटोमा गाडीको पछाडी बसेर कोचिदै र झ्याकीदै आउँदा बृद्धबृद्धाहरु झन बिरामी हुने गरेका छन् । अधिकांश बृद्धबृद्धालाइ सरकारले सुविधाका नाममा सास्ती दिएको गुनासो गरेका छन् ।

यसै बिषयमा प्रश्न राख्दा बडीगाड गाँउपालिका अध्यक्ष मेहरसिँह पाइजाले वडा नम्बर ३ र ८ मा मात्र घरघरमा पुगेर भत्ता बितरण गरिने गरेको बताए । ‘कर्मचारी अभाव छ’ उनले भने ‘त्यसखालको योजना बनाएपनि काम गर्न सकिएको छैन, बृद्धबृद्धालाइ दुख त भएकै छ’ । उनले कर्मचारी पुर्ति भएमा घरघरमै पुगेर भत्ता बितरण गरिदिने बताए।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !