पाण्डवखानीमा पनि मनाईयो, लैंगिक हिँशा विरुद्धको १६ दिने अभियान !

सुरेश छन्त्याल, पाण्डबखानी २०७६ मंसिर १९ । समानताको पुस्ता बलात्कार विरुद्धको एक्यवद्धता भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बागलुङको गल्कोट नगरपालिका १० पाण्डबखानीमा पनि विभिन्न कार्यक्रम सहित मनाईएको छ । गल्कोट नगरपालिका र महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा गलकोटको आयोजनामा भएको कार्यक्रममा पाण्डबखानी माध्यमिक विद्यालयका विद्यार्थी शिक्षक,बुद्धिजीवीहरुले प्लेकार्ड सहित विद्यालयदेखि लुङ्गुरे काप्रे, गैराभाटी, बगर र बाईगाउ हुदै विद्यालयमा आएर कोण सभामा परिणत भएको थियो ।

कार्यक्रममा पाण्डबखानी माध्यमिक विद्यालयका प्रधानाध्यापक नविन भावुक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानसिंह छन्त्याल, रत्ना अधिकारी, शिवा खत्री, वडा अध्यक्ष तिलक घर्ति, गलकोट नगरपालिका प्रशासकीय अतिकृत तुलबहादुर वि।क लगाएतले मन्तव्य राखेका थिए ।

महिला जागरण केन्द्र पाण्डबखानीकी अध्यक्ष राधिका पुनको सभापतित्व मिना काउचाको स्वागत संगै सुरु भएको कार्यक्रमको संञ्चालन आशा श्रीसले गरेकी थिईन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !