बिप्लब समुहको युवा संघका जिल्ला सचिव सुनार गल्कोटबाट पक्राउ !

गल्कोट २०७६ मंसिर १८ । प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी बिप्लबका बागलुङ जिल्ला युवा संघका सचिवलाई आज प्रहरीले पक्राउ गरेको छ । गल्कोट नगरपालिका ४ भँयरखर्कका शेरबहादुर सुनारका छोरा वर्ष २१ को रमेश अविरल भन्ने सहल सुनारलाई प्रहरी चौकी हटियाका प्रमुख प्रनानि अनुप केसीको कमाण्डमा ५ जनाको टोली र जिल्ला प्रहरी कार्यालय बागलुङबाट गएको सादा पोशाकको प्रहरी टोलीले निजलाई नियन्त्रणमा लिएको प्रहरी चौकी हटियाले जनाएको छ ।

निज सुनारसंगबाट बिप्लब सम्वन्धी पत्र, पम्पलेट समेत बरामद भएको र निजलाई जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको प्रनानि खत्रीले बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !