निसीखोला-२ का कुवँर क्षेत्री दाजुभाईको वँशावली विमोचन !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर १८ । निसीखोला गाउँपालिका २ काल्नेचौरका कुवँर दाजुभाईव्दारा आत्रेय गोत्री कुवँर क्षेत्री समाजको वँशावली पुस्तक विमोचन गरिएको छ । ८८ बर्षिय कुँवर समुदायका जेष्ठ सदस्य तुलबहादुर कुवँरको सभापतित्व र आत्रेय गोत्री कुवँर समाजका अध्यक्ष देबबहादुर कुवँर र कुलपुजा समितीका अध्यक्ष भविन्द्र बहादुर कुवँरको प्रमुख आतिथ्यतामा समाजका महासचिव भुवनबहादुर कुवँरव्दारा लेखिएको वँशावली पुस्तकको सम्पादकीय पढेर सँयुक्त रुपमा सभापती र कार्यक्रमका प्रमुख अतिथीव्दारा विमोचन गरिएको हो ।

कार्यक्रममा आत्रीय गोत्री कुवँर क्षेत्री समाजका महासचिव व्दारा समाजको आय/व्यय तथा पुस्तकको औचित्यमाथी प्रकाश पार्दैे आफुलाई समाजले सम्मान गरेकोमा धन्यबाद ज्ञापन गरिएको थियो । हाल उक्त कुवँर समुदायमा निसीखोला २ काल्नेचौर र अर्नाकोट गरी २ सय घरपरिवार रहेको बताइएको छ । कुवँर समुदायले आजै कुलपुजा (देवाली) समेत मनाएका छन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !