रसानन्द प्राविका विद्यार्थीलाई न्यानो कपडा वितरण : शिक्षा गाउँपालिको पहिलो प्राथमिकता-अध्यक्ष पौडेल

छविलाल पाण्डे निसीखोला २०७६ मंसिर १८ । निसीखोला गाउँपालिका १ हुल्दीमा रहेको रसानन्द प्राथमिक विद्यालयमा आज एक कार्यक्रमका विच विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । साझ फाउन्डेनव्दारा विद्यालयमा अध्ययनरत १ सय ४ जना विद्यार्थीका लागि पचार हजार बढीको न्यानो सुईटर वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथी निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले शिक्षा क्षेत्रको निम्ती निसीखोला गाउँपालिकामा साझ फाउन्डेशन सहित विभिन्न सँघसँस्थाले निरन्तर सहयोग गर्दै आइरहेको बताउँदै सहयोग गर्ने सँस्थालाई धन्यबाद ज्ञापन गरे । उनले शिक्षा क्षेत्रको विकास भएमा मात्र सहि समाजको परिकल्पना हुने हुँदा गाउँपािलकाले समेत शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकता दिएर अगाडी बढिरहेको बताए ।

अध्यक्ष पौडेलले प्राथमिक तहका विद्यालयमा शिक्षक समस्या गाउँपालिकाले केहि हदसम्म समाधान गरिसकेको बताउँदै अवका दिनमा थप व्यवस्थापन सहित अगडी बढिने बताउँदै शिक्षक अभाबकै कारण विद्यालयको पठन पाठनमा समस्या नहुने बताए । शिक्षक सँगै विद्यालयको भौतिक व्यवस्थापनमा समेत गाउँपालिका उत्तिकै सक्रिय पुर्वक अगाडी बढेको उनले बताए ।

विद्यालय व्यवस्थापन समिती अध्यक्ष पुष्पकमल मगरको अध्यक्षतामा भएको कार्यक्रममा निसीखोला गाउँपालिका कार्यपालिका सदस्य हुमकुमारी मल्ल, शिक्षक अभिभाबक सँघका अध्यक्ष लालबहादुर सिँजाली, स्थानीय गिरबहादुर कुवँर, बलबहादुर मल्ल लगाएतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा साझ फाउन्डेन सञ्चाल सन्ध्या मल्लले आफुले सोहि विद्यालयमा अध्ययन गरेको बताउँदै विद्यार्थीलाई आफुले सहयोग गरेको बताईन् । मल्लका हजुरबुबा बलबहादुर मल्लको विशेष उपस्थितीमा सुईटर हस्तान्तरण गरिएको थियो । कार्यक्रम विद्यालयका प्रअ वालेन्द्र मल्लको स्वागत, शिक्षक श्यामकुमार विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !