सुख्खा पहिरोले अबरुद्ध मध्यपहाडी लोकमार्ग २३ घण्टा पछी सुचारु !

बुर्तिवाङ २०७६ मंसिर १८ । निसीखोला गाउपालिका २ बायँखोलामा सुख्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी लोकमार्ग करीब २३ घण्टा पछी सुचारु भएको निसी खोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिए ।

हिँजो सवा ५ बजेकोे समयमा बायखोलामा गएको सुख्खा पहिरोका कारण लोकमार्ग अबरुद्ध बनेको थियो । करीब ३० मिटर सुख्खा पहिरो गएको अध्यक्ष पौडेलले जानकारी दिएका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !