जीप दुर्घटनाप्रति बडीगाड ७ को शोक बक्तव्य : अकल्पनीय र दु:खद दुर्घटनाबाट वडावासी स्तव्ध !

छविलाल पाण्डे,बडीगाड २०७६ मंसिर १८ । हिँजो विहान बडीगाड ७ भिङगिठेको घोपर्नामा भएको कहालीलाग्दो जीप दुर्घटनामा परी १५ जना यात्रुहरुको दु:खद निधन भएकोमा बडीगाड गाउँपालिका ७ भिङगिठे वडाकार्यालयले एक शोक बक्तव्य प्रकाशित गरी मृतकहरुप्रति भावपूर्ण श्रद्धान्जलि अर्पण गर्दै शोकाकुल परिवार एवं आफन्तजनमा हार्दिक समवेदना प्रकट गरेको छ । विज्ञप्तीमा घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

वडाध्यक्ष कृष्ण गुरुङ तथा वडा सचिव नरवीर पर्तेलको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा यस दुर्घटनामा परी जीवन गुमाउनु हुने मृतकहरका साथै उपचारको क्रममा रहेका घाईतेहरुप्रति सिंगो बडीगाड गाउपालिका वडा नं ७ परिवारलाई अत्यन्तै मर्माहत र दु:खित बनाएको छ, उल्लेख गर्दै उद्धार कार्यमा संलग्न प्रहरी, जनप्रतिनिधी, राजनीतिककर्मी, समाजसेवी, पत्रकार तथा स्थानीय बासिन्दाहरु सबैमा ७ नं वडाकार्यालय हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ भनिएको छ ।

शोक वक्तव्यमा, हतार र कष्ठपूर्ण यात्राले मानवीय क्षती निम्त्याउछ सरक्षित र भरपर्दो गाडीको क्षमता बमोजिमको यात्रु तथा ट्राफिक नियमको पालनासहितको यात्रा गर्न यसै शोक बक्तव्य मार्फत सबैमा बिनम्र अनुरोध गर्दछ, भनिएको छ ।

शोक वक्तव्यको पूर्ण पाठ यसप्रकार छ

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !