भिङगिठे दुर्घटनामा बेपत्ता कार्कीको शव भेट्टियो, मृतकको संख्या १५ पुग्यो !

छविलाल पाण्डे, बागलुङ २०७६ मंसिर १८ । मंसिर १७ गते विहान बडीगाड गाउपालिका ७ भिङगिठेको घोपर्नामा भएको जीप दुर्घटनामा परी बेपत्ता इस्मा–४ पैयापाटाका ६५ वर्षिय धनबहादुर कार्कीको आज बिहान बडीगाड खाेला किनारमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायव उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिए । कार्कीको शव फेला परेपछी मृतकको संख्या १५ पुगेको छ ।

मृतकहरु १४ जनाको दुर्घटनास्थलमै पोष्टमार्टम गरिएको थियो भने दश जनाको सामुहिक अन्तेष्टि गरिएको थियो ।

उक्त जीप दुर्घटनामा परी १४ जना यात्रुको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाईते तीन जनाको हेलिकप्टरबाट काठमाडौँ लगी शिक्षण अस्पतालमा उपचार भैरहेको छ ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !