Sorry, that menu does not exist.
 

एमाले र माओवादी नेताहरु धेरै बोल्न जानेका छन् तर काम गर्न जान्दैनन् – सांसद भण्डारी

अनिश शर्मा गैरे, वामी गुल्मी, २०७३ चैत ३० । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले नेकपा एमालेले ढाँटको खेतीगर्न छोड्नुपर्ने सल्लाह दिएका छन् । बुधवार वामीमा भएको बृहत चुनावी आमसभालाइ सम्बोधन गर्दै उनले यस्तो सल्लाहा दिएका हुन् ।

गत २० बर्षसम्म यस क्षेत्रमा जितेका नेताले केही काम नगरिकन गुच्चा खेलेर बसेको र अहिले तीन बर्षमा आफुले गरेको कामको श्रेय उनीहरु आफुलाइ दिदै गलत प्रचार गरेको सांसद भण्डारीको आरोप लगाए ।

जस्ले १० रुप्पेँ निकाल्न सक्दैन, उस्ले ठुलो कुरा किन गर्ने ? भनी प्रश्न गर्दै उनले एमालेले ढाँटेर जनतालाइ भ्रममा राख्ने बानीलाइ सुधार गर्नुपर्ने सुझाव दिए । उनले मुसो मार्न नसक्ने एमालेलाइ, ढाँटेर गलत भ्रम छर्ने अधिकार नभएको बताए ।

सांसद भण्डारीले आफ्नो तलबले गरीब, पीछडीएका र बिपन्न बर्गहरुलाइ सहयोग पुर्याएको बताउँदै ती असहाय बर्गहरुको जीवनस्तर आजकल बिस्तरै सुधार भएको उनको भनाई थियो ।

साँसद भण्डारीले काँग्रेसले बिकास पस्किरहेको बताउँदै संबिधान बनाउन देखी धेरै उपलब्धि काँग्रेसले नै संस्थागत गरेको बताए । एमाले र माओबादीका नेताहरुले धेरै बोल्न जानेको तर काम गर्न नजानेको बताउँदै उनले आखीरमा कसैले आवाज बुझ्न नसक्ने बोल्न नजान्ने नेता सुशिल कोइरालाले संबिधान बनाएको बताए ।

उनले राजनीतिक इन्जेक्सनले देश बनाउन नसक्ने भएकोले बिकासको इन्जेक्सन देशलाइ दिनुपर्ने स्पष्ट पार्दै आफ्नो नेतृत्वमा भएका सबै कामहरु आफुले गरेको नभइ सबै जनताले गरेको बताए ।

उनले फेरी पनि नेपाली काँग्रेसको नेतृत्वलाइ जिताउन जनतालाइ आग्रह गर्दै, जिताएपछि काँग्रेसले बिकासको मुल फुटाउने बताए । आफु तथा काँग्रेसले जनतालाइ धेरै उपहार दिएको भन्दै उनले अबको स्थानीय तहमा काँग्रेसलाइ जिताउन अनुरोध गरे ।

आगामी स्थानीय तहको चुनावलाइ मध्यनजर गर्र्दै आयोजना गरिएको आमसभा कार्यक्रममा प्रमुख अतिथि, नेपाली काँग्रेसका जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठ, पुर्व सभापति शुरेसचन्द्र भुषाल, उपसभापति बिष्णु बलाल, सचिब व्दय खिलध्वज पन्थी, बिष्णु सापकोटा, पुर्व सचिब छन्द पहराइ, नेबिसंघ केन्द्रिय सदस्य सुदर्शन खनाल, क्षेत्र नम्बर ३ का सभापति भगत सिँह खड्का, पुर्व क्षेत्रीय सदस्य मुक्ति कंडेल, नेबिसंघ पुर्व केन्द्रिय सदस्य मोती भण्डारी, नेबिसंघ जिल्ला सभापति झबिन्द्र पाण्डे, नव पार्टी प्रवेशीहरुको तर्फबाट, जँग बहादुुर बलामी, शालीकराम सापकोटा लगायतले बोलेका थिए ।

कार्यक्रममा मुनपाका सहसंयोजक मम् बहादुर खत्रीको स्वागत रहेको थियो भने सञ्चालन साविकको वामी गाबिसका सचिब तेजेन्द्र जिसी, सञ्चारकर्मी भुवन भुषाल र भिम पाण्डेले सञ्चालन गरेका थिए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !

Leave a Reply