निसीखोला – २ बायखोला खोरमा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध !

छबिलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर १७ । केहि समय अघी साँझ सवा ५ बजेको समयमा निसीखोला गाउँपालिका-२ बायखोला खोरमा सुख्खा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ ।

निसीखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले दिएको जानकारी अनुसार करिब ३० मिटर जति सुख्खा पहिरो जानाले सवारी आवत/जावत बन्द भएको छ । पहिरोले निसीखोला केहि समय थुनिएपनि अहिले बिस्तारै खोलेर खोलाको पानी बग्न थालेको अध्यक्ष पौडेलले बताए । अहिले पनि सुख्खा पहिरो खसी रहेको अध्यक्ष पौडेलले बताए ।पहिराबाट कुनै मानवीय क्षेती नभएको जानकारी दिँदै पहिरो पन्छाउने प्रयास भैरहेको अध्यक्ष पौडेलले ईबागलुङलाई बताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !