मिलमा तोरी पेल्दा हात चुँडिएकी निरुको ग्राण्डी अस्पतालमा उपचार हुँदै !

अनिश शर्मा गैरे, गुल्मी २०७६ मंसिर १७ । हिजो मिल चलाउने क्रममा हात चुँडिएर घाइते भएकी गुल्मी मुसिकोट नगरपालिका ७ वामी बसेरीका कृष्ण रानाकी छोरी १८ बर्षीय निरु राना अहिले खतरामुक्त छिन् ।

उनीसँगै उपचारमा काठमाडौ गएका मुसिकोट ७ का वडा सदस्य बिष्णु रानाले दिएको जानकारी अनुसार समयमै उपचारको लागि पुराईएपनि उनको हातमा मेसिनले चोट पुयाएको कारण जोडिन सकेन ।

हाल उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उनी महेन्द्र आदर्श माद्यमिक विद्यालय वामीमा कक्षा ११ मा अध्ययनरत छात्रा हुन् । उनका सबै साथीहरु मुस्ताङ् घुम्न गएका थिए । तर उनी आर्थिक समस्या भएकै कारण साथीहरु सँगै घुम्न रमाउन जान पाइनन् । सदा जस्तै काम गर्न मिल पुगेकी थिइन् । तर दैवले नराम्रो सँग ठग्यो । साथीहरु रमाइरहँदा उनलाई यस्तो अकल्पनीय दुर्दशा आईलाग्यो ।

उनलाइ हिजो १ बजे हेलिकप्टर मार्फत उपचारको निम्ती काठमाण्डौ पुर्याइएको थियो । हातमा इन्फेक्सन हुने खतरा भएपछि हातको थिचिएको भाग पनि काटिएको छ ।

तोरी पेल्दा १८ वर्षिया निरुको हात चुँडियो

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !