भिङगिठे दुर्घटनामा गम्भीर घाईते तीन जनालाई हेलिकप्टरमा काठमाडौँ लगियो !

छविलाल पाण्डे, बुर्तिवाङ २०७६ मंसिर १७ । निसीखोला गाउँपालिका २ बायखोलामा देवाली पूजाको लागी गुल्मीको ईस्माबाट आउदै गरेको जीप बडीगाड गाउपालिका ७ भीङगिठेमा दुर्घटना हुँदा गम्भीर घाईते भएका नवलपरासी वर्दघाट २ का १८ बर्षिय जीवन कार्की, गुल्मी ईस्मा-४ का ४ बर्षिय बालक हिमाल कार्की र सोही गाउँपालिका ४ २४ बर्षिया निमा केसी तीनजनालाई हेलिकप्टरमा थप उपचारका लागी कााठमाडौ लगिएको छ ।

घाईतेहरुको थप उपचारका लागी काठमाडौ लैजान गुल्मीका सांसद गोकर्ण विष्टले हेलिकप्टर लिएर बुर्तिवाङ आएका हुन् ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !