तोरी पेल्दा १८ वर्षिया निरुको हात चुँडियो : हात जोडिने आशाले हेलिकप्टरमा काठमाडौ लगिदै !

अनिश शर्मा गैरे, वामी गुल्मी २०७६ मंसिर १६ । वामी दरमखोला लघुजल बिद्युत परियोजना द्वारा सञ्चालित पवर हाउस सँगैको मिलमा आज तोरी पेल्ने क्रममा मिल सन्चालक कृष्णबहादुर रानाकी १८ वर्षिया छोरी निरु रानाको हात काटिएको छ । तोरी पेलिरहेको बेला एक्कासी मिलमा हात पर्दा उनको बायाँ हात चुँडिन पुगेको हो ।

निरु रानालाइ वामी स्थित लुम्बिनी वामी हस्पिटल पोलि क्लिनिकमा प्राथमिक उपचार गरि हेलिकप्टर मार्फत काठमाडौ लग्ने तयारी भएको छ । हात काँटिएको पाँच घन्टा भित्र उपचार पाएमा हात जोडिन सक्ने भएको भन्ने डाक्टरहरुको भनाइ अनुसार हेलिकप्टर चार्टर गर्न लागिएको हो ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !