भड्खोरे सामुदायिक वनमा वन्यजन्तु चोरी शिकारी गर्दै हिँड्नेलाई स्थानियले लखेटे !

निर्मल पौडेल पर्वत २०७६ मंशिर १६ । भड्खोरे सामुदायिक वन कुस्मा नगरपालिका ७ मा लोपउन्मुख वन्यजन्तु तथा पंक्षीहरुको चोरी शिकारी गर्दै हिँड्दै गरेकालाई स्थानियले लखेटेका छन् । वनमा जाल थाप्दै हिडिरहेका २ जनालाई स्थानिय वनरक्षक शोभाकान्त शर्माले रङ्गेहात पक्राउ गरेको र अभियुक्त फरार भएको भड्खोरे सामुदायिक वन उपभोक्ता समितीका अध्यक्ष तेज गिरीले जानकारी दिए ।

लोपाेन्मुख कालिज र मृगलाई पासो थाप्दै हिडेकाहरुलाई पक्राउ गरेर डिभिजन वन कार्यलयलाई वुझाउने तयारी गरिरहेका वेला निज फरार भएको गिरीले वताए । उनीहरुको साथवाट १० थान जालपासो र झोला वरामत गरिएको छ । भड्खोरे सामुदायिक वनमा ऐन विपरित वन्यजन्तुको चोरी शिकारी गर्नेलाई वन्यजन्त ऐन २०२९ अनुसार कार्वाही गरिने समेत गिरीले वताए ।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !