खर्वाङमा नेकपा र राजमोको संयुक्त विजय -याली !

कमल पौडेल, २०७६ मंसिर १५ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र राष्ट्रिय जनमोर्चाको संयुक्त विजयी र्याली खर्वाङमा सम्पन्न भएको छ। बडा अध्यक्षमा २ सय ९२ मत अन्तर सहित संयुक्त वाम उमेदवार ढाल प्रसाद शेरचन ढालेन्द्र विजयी भए सँगै विजयी र्याली निकालिएको हो।

सो र्याली खर्वाङ बाट खारपानी, काँडेरुख हुँदै दनिया, सिमलचौर, हाडिखोला, खर्वाङ पुन पुगेर कोण सभामा परिणत भएको थियो। सो सभामा सम्बोधन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु भुसालले जनप्रतिधिको रुपमा निर्वाचित भएपछि जनताको आकंक्षा पुरा गर्ने दृढता व्यक्त गरे।

सभामा निर्वाचित वडा अध्यक्ष ढाल प्रसाद शेरचन ९ढालेन्द्र० ले चुनावको वेला आफुले व्यक्त गरेको प्रतिवद्धता पुरा गरेर छोड्ने बताए। आम मतदातालाई धन्यवाद दिँदै निर्वाचनमा खटिने पार्टी कार्यकर्ताहरु प्रति आभार व्यक्त गरे।

गए राति सम्पन्न मतगणनावाट नेपाली काग्रेसका डिल बहादुर रानालाई २ सय ९२ मत अन्तरले पछि पार्दै शेरचन विजयी भएका हुन्।

फेसबुकमार्फत कमेन्ट गर्नुहोस !